ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सुत्ने कोठा नभएपछि छोरी अन्माउने चटाराे

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २९ गते, १२:५३ बजे
सुत्ने कोठा नभएपछि छोरी अन्माउने चटाराे
18
SHARES
Share on FacebookShare on Twitter

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका हाटी ७ की सीतादेवी सदालाई १६ वर्षिया छोरीको विवाह गर्न हतार भएको छ । सन्तानको नाममा तीन छोरी रहेको सदाले छोरीको विवाह गर्न हतार गर्न खोज्नुको कारण घरमा रहेको एउटामात्र कोठा रहेको छ । छोरीलाई पढाउने धोको पूरा गर्न घरको समस्याले सीतालाई दिएन । ‘मेरो छोरी यसैपाली एसईई पास गरेकोले उच्च शिक्षा दिने धोको थियोे । घरकै समस्याको कारणले त्यसो हुन सकेन’, उनले भनिन्

ऐलानी जग्गामा भएको सानो घरमा तीनवटा कोठा छ । सीता आफैँका चार जेठानी देउरानी छन् । उनको सासुससुराको बस्ने घरमा दुई कोठा छ । एउटा कोठामा सासुससुरा र अर्को कोठामा साहिँलो देवर र उनका परिवार बस्दै आएका छन् । सीता बसेको तीनकोठे घरमा माहिलो र कान्छो देवरको परिवार पनि बस्दै आएका छन् ।

एउटै घरमा धेरैजना बस्नुपर्ने बाध्यताले गर्दा सीतालाई हुर्किन थालेका छोरीको विवाह गर्ने हतार भएको छ । ‘१२, १४ र १६ वर्षीया तीन छोरी छन् । सबै तन्नेरी हुनलागेका छन्। एउटै कोठामा तीन छोरी र हामी श्रीमान् श्रीमतीसहित पाँचजनाको गुजारा गर्न समस्या छ’, सीता भन्छिन् ।

किशोरावस्थामा पुगेका छोरीहरूसहित सबैजना एउटै कोठामा कसरी सुत्छन् भन्दै छिमेकीले कुरा काट्न थालेपछि सीता छोरीहरूको विवाहका लागि केटा खोज्न बाध्य भएकी उनका छिमेकी करियादेवी सदाले बताइन्।

सीताकी जेठी छोरी एसईई उत्तीर्ण छिन् भने माइली कक्षा १० र कान्छी कक्षा सातमा अध्ययनरत छन् । तर, दिदीको अध्ययन गर्ने इच्छा अधुरो रहने भयो, सीताकी माहिली छोरी पार्वतीले भनिन्, ‘अब त हामीले पनि पढ्न नपाउने भयौँ ।

कक्षा १० सम्म पढाइ खर्च त्यति नलाग्ने भए पनि घरमा सुत्नका लागि कोठाको व्यवस्था नहुँदा अध्ययन बीचमै छाड्नुपर्ने अवस्थाले सीताका छोरी पिरोल्लिएका छन् । ‘हाम्रो समुदायमा छोराछोरी पढाउन त्यति ध्यान दिँदैनन् । हाम्रो आमाबाबु विपन्न भएपनि छोरीहरूलाई पढाएर योग्य बनाउनुपर्छ  भन्ने भावना छ। कक्षा १० सम्म पढ्न कापी कलमबाहेक त्यति खर्च लागेन । अब बढी खर्च लाग्छ । घरमा अर्को कोठा पनि छैन’, पार्वतीले भनिन् ।

उनीहरूको जग्गा जमिन छैन । बाबुले मजदुरी गरेर पाँचजनाको परिवार पाल्दै आएका छन् । सोही वडाका वडाध्यक्ष प्रमिला यादवका अनुसार यस वडाका मुसहर समुदाय विपन्न भएपनि धेरैको छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोचको विकास भएको छ ।

तर, गरिबीको कारण सक्ने अवस्था छैन । सहयोग गर्न सक्ने हामीले गर्दै आएका छौँ । घरको समस्या यहाँको धेरैलाई भएकोले समस्या समाधान गर्न कठिनाइ भएको उनी बताउँछिन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist