ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

माधव नेपालले देश र जनताप्रति गद्दारी गरे, वडा सदस्य पनि जित्दैनन् : ओली

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २९ गते, १८:०५ बजे
एमाले एकतामा के छ तगारो किन अझैँ एकता हुन सकेन
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने जिकिर गरेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट फाइदा लिनुसम्म लिएर पार्टी फुटाएको आरोप लगाए ।

‘यस पार्टीबाट फाइदा लिनुसम्म लिए । १६ वर्षसम्म महासचिव भए । प्रधानमन्त्री भए । पार्टी कहाँ पुर्‍याए ? २४० सिटमध्ये ३३ मा झारे । महाचिवबाट चलाउन सकिँदैन भनेर राजनीमा दिए । खुरुक्क बस्या भए हुँदैनथ्यो । फेरि प्रधानमन्त्री भए । चलाउन सकेनन् । राजीनामा दिएर हिँडे । सरकार र पार्टी रसातालमा पुर्‍याएर राजीनामा दिए । फेरि अध्यक्षमा दाबी गरेर पार्टी रसातालमा पुर्‍याउन हो ?’ उनले प्रश्न गरे ।

माधव नेपाल कम्युनिस्ट आन्दोलनमा हिजो जोडिएका र अहिले छुट्टिएको ओलीको भनाइ छ । ‘यसरी जोडिएका रहेछन् रसायन पुगेको रहेनछ पकल्क फुटे । एमाले एकजुट भएको छ । हिम्मत हार्नुहुँदैन। एकजुट भएर अघि बढे हामी जित्छौ,’ उनले भने ।

ओलीले माधव नेपाल कम्युनिस्ट नभएको पनि दाबी गरे ।  ‘एमाले फुटाउन त्यतिकै प्रयास गरिएको छैन । विदेशी प्रतिक्रियावादीको मुटु हल्लाइदिएको छ । एमाले फुटाउने हाम्रो साथी होइन । माधव नेपालले पार्टी बनाउन होइन एमाले फुटाउन तमासा गरेको हो । यत्रो पार्टी बनिसकेपछि फुटाउनेले पार्टी बनाउँछ र?’ उनले प्रश्न गरे ।

‘वडा सदस्य पनि जित्दैनन्’

अध्यक्ष ओलीले माओवादीलाई वडाध्यक्ष जित्न हम्मेहम्मे पर्ने र माधव नेपालले वडा सदस्य पनि नजित्ने दाबी गरे । ‘प्रचण्डजीले हिजो सही कुरा निकाल्नुभयो, हामीले त वडामा पनि चुनाव जित्न हम्मेहम्मे पर्ला जस्तो छ भन्नुभयो । उहाँले चुनावअघि सही कुरा निकाल्नु भयो । माधव नेपालले त वडा सदस्य पनि जित्दैनन् । माधव नेपाललाई जनताले भोट हाल्लान् ? के कारणले हाल्ने ? एमाले फुटाइएकाले ? जनतालाई धोका दिएकाले ?’ उनले प्रश्न गरे ।

संगठन कसरी बनाउनुपर्छ, विचार कसरी अगाडि बढाउने भन्नेमा एमाले गुरु पार्टी भएको उनको भनाइ थियो । ‘कसरी चुनाव जित्ने, सरकार बनाउने, चलाउने, देश विकास गर्ने एमालेले सिकाउँछ । तीन वर्ष एमाले सरकारमा के पुगेको थियो तहल्का भयो । यता बाटो चौडा, उता झोलुङ पुल बन्दैछ । एकैदिन सयौं हस्पिटल पुल शिलान्याश हुँदैछ । अनि प्रतिक्रियावादी असैह्य भयो,’ उनले भने ।

माधव नेपालले पार्टीमा साथ दिएको भए वामपन्थी सरकार र सदन निरन्तर चलिरहने अवस्था हुन्थ्यो तर एउटा झुण्ड लिएर पार्टी र देश जनताप्रति गद्दारी गरेको ओलीको आरोप थियो । ‘बेइमानी गरेर सरकार ढाले । नजानेर गर्नलाई केटाकेटी हुन् र । झुक्किएर त होइन होला । जानीजानी, कपाल फुलेका नजानेर गरे होलान । जानेर गरेका हुन्,’ उनले भने ।

‘एमालेको ओजन घटेको छैन’

अध्यक्ष ओलीले माधव नेपाल चोइटिएर गएको भन्दै एमाले कमजोर नभएको बताए । नेकपाबाट प्रचण्ड गुट बाहिर गएपछि कमसेकम एमालेलाई एकजुट भएर राखौ भनेको तर माधव नेपाल जसरी पनि फुटाउने मनसायमा लागेको ओलीको आरोप थियो । ‘फुटाउन सकेन चोटिएर गए । पतझरहरू झरेर कोसी कहाँ रोकिन्थ्यो । पतकर झरेर कोसी रोकिँदैन । पिलो निचौरिँदैमा ओजन घट्दैन । एमालेको ओजन घटेको छ ? पिलो भुत्त निस्केर गयो । एमालेको ओजन घटेको छैन । झन झन बढ्दैछ,’ उनले भने ।

‘आन्दोलन ध्वस्त पार्न दिँदैनौ’

अध्यक्ष ओलीले माधव नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने अभियानमा लागेको आरोप लगाए ।

‘माधव नेपालको विचरा राजनीति साझनीति केही छैन । न जादु, मन्तर, टुना छ, न केही छ । कसैले अहराएको छ । बाध्यता छ पार्टी टुटाउने । अब कामरेड माधव नेपाल होइन । एमाले विरोधी, जनविरोधी माधव नेपाल,’ ओलीले भने, ‘माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई धराशायी र ध्वस्त पार्न चाहेका छन् । तर यो सपना कसैले पूरा हुन दिँदैनौं । जनताले यस्ता सपना पूरा हुन दिँदैन । एमालेको आवश्यकता देशको रक्षाका लागि हो ।’

ओलीले नेपालको मिचिएको भूभाग फिर्ता ल्याउन बलियो एमाले चाहिने र सरकारमा पुगेर फिर्ता ल्याउने बताए । ‘हामी नक्कली देशभक्त होइन वास्तविक हो । देशभक्तिका लागि एमाले चाहिन्छ,’ उनले भने ।

एमालेलाई सरकारबाट हटाउने षडयन्त्र एमालेभित्रैबाट माधव नेपालले गरेको र पदका लागि पार्टी फुटाउने माधव नेपाल पतनको बाटोमा लागेको उनको भनाइ थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist