ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

एमाले देश बनाउने ध्रुव हो, गठबन्धन अवसरवादी र अनैतिक शक्ति हो : पोखरेल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ३१ गते, १५:१४ बजे
एमाले देश बनाउने ध्रुव हो, गठबन्धन अवसरवादी र अनैतिक शक्ति हो : पोखरेल
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धन आर्थिक विकासको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् ।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै पोखरेलले एमाले आर्थिक समृद्धिको बाहक भएको र सत्ता गठबन्धनले समृद्धिको अभियानलाई अवरुद्ध पार्ने खोजेको आरोप लगाए ।

नेपालको राष्ट्रिय राजनीतिक अहिले दुई ध्रुवमा विभाजित भएको, एकातिर देश बनाउने सपना बोकेको एमाले रहेको र अर्कोतिर अवसरवादी र अनैतिक गठबन्धन रहेको पोखरेलको भनाइ थियो ।

‘जहाँ आर्थिक विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता, सामाजिक सद्भाव, समानता, देश बनाउने सपना बोकेको एउटा ध्रुव छ । त्यो एमाले हो । केपी ओलीले नेतृत्व गरेको छ,’ उनले भने, ‘अर्कोतिर गठबन्धन र त्यसका शक्ति पक्ष रहेका छन् । त्यो गठबन्धन र त्यसका सदस्यहरुले संविधान, कानुन, लोकतान्त्रिक मूल्य मान्यता विरुद्धका आचरणहरुलाई प्रतिनिधित्व गर्छ । आर्थिक विकासको अभियानलाई अवरुद्ध गर्न खोजेको छ । स्वाधिनता कमजोर पार्न खोजेको छ । यो गठबन्धन अवसरवादी अनैतिक एउटा शक्ति हो ।’

पोखरेलले अहिले नै समाजवाद आयो भनेर बुझिहाल्न नपर्ने बताए । ‘एमालेलाई सरकारबाट हटाउनका लागि बाहिरका भित्रका पनि भित्रकासँग कस्तो गठजोड भयो । त्यसकारण सामन्तवाद अन्त्य भयो भन्ने भ्रम पाल्नुहुँदैन । अवशेष बाँकी नै छ,’ उनले भने ।

पोखरेलले एमालेले चुनाव नजिते परिवर्तन उल्टिने पनि बताए । ‘अब हामी चुनाव जित्छौं । दुर्भाग्यवश हामीले जितेनौ भने परिवर्तन उल्टोतिर जान्छ,’ उनले भने ।

पोखरेलले पार्टी संगठनमा अध्ययन र प्रशिक्षणको कमी औल्याए । ‘दस्तावेज, निर्देशन, वक्तव्यहरु पढेको छैन । सामाजिक सञ्जालमा अल्झिएका छौं । त्यहीँ आधारमा धारणा बनाउने काम गरेका छौं । अब अध्ययन र प्रशिक्षणमा ध्यान दिनुपर्छ । स्वअध्ययनमा ध्यान दिनुपर्छ,’ उनले भने ।

पोखरेलले पार्टीमा गुटबन्दी र अराजकता मौलाएको भन्दै यो पार्टीलाई समाप्त पार्ने महारोग भएको बताए । ‘अतिथिमा तलमाथि गर्‍यो भने पनि गुटबन्दी भइरहेको छ । यसलाई परास्त गर्नुपर्छ,’ उनले भने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist