ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

राष्ट्रिय समृद्धिको पर्वका रूपमा मनाइँदै विश्वकर्मा पूजा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज १ गते, १२:२२ बजे
राष्ट्रिय समृद्धिको पर्वका रूपमा मनाइँदै विश्वकर्मा पूजा
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । हरेक वर्ष सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गरेको प्रथम दिनलाई विश्वकर्मा दिवसका रूपमा मनाउने प्रचलन रहिआएको छ । सौरमासअनुसार हरेक वर्ष असोज १ गते वास्तुविद् तथा शिल्पकार भगवान विश्वकर्मा बाबाको पूजागर्ने प्रचलन सदीयौंदेखि चलिआएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजाल बताउँछन् ।

विशेषगरी यसवर्ष हरिपरिवर्तिनी एकादशी व्रत, वास्तुदिवस, विश्वकर्मा पूजा, राष्ट्रिय चलचित्र दिवसर र राष्ट्रिय विज्ञान दिवससमेत परेकाले यस दिनलाई  राष्ट्रिय समृद्धिको पर्वका रुपमा पनि मनाउन सकिने उनको भनाइ छ  ।

‘धर्म भनेकै विज्ञान हो र विज्ञान भनेकै प्रकृति हो । वैदिक सनातन हिन्दू धर्ममा विश्वकर्मा बाबालाई निर्माण, वास्तुकला, शिल्पकला, मूर्तिकला सवारी साधनलगायत समस्त सांसारिक कलात्मक वस्तुहरूको अधिष्ठात्र देवताका रूपमा पूजा गर्ने शास्त्रीय नियम रहिआएको छ’, ज्योतिषी रिजाल भन्छन् ।

शास्त्रमा उल्लेख भएअनुसार सुनै सुनको दरबारका रूपमा चिनिने  लंकालाई सम्पूर्ण वास्तुसम्मत् तरिकाबाट निर्माण गरेको हुनाले विश्वकर्मा बाबालाई वस्तुशास्त्रका पिताको रूपमा वास्तुविद्हरूले लिने गरेका छन् र उनीहहरूले वस्तु दिवसका रूपमा विश्वकर्माको पूजागरी मनाउँदै आएका छन् ।

विश्वकर्माका ऋद्धि– सिद्धि र संज्ञा नामका तीनवटा छोरीहरू थिए, जसमध्ये ऋद्धि र सिद्धि नाम गरेका दुईवटी छोरिको विवाह भगवान् चन्द्रशेखर तथा माता पार्वती पुत्र गणेश भगवानसँग भएको हो भने संज्ञाको विवाह महर्षी कश्यप तथा देवी अदितिका पुत्र सूर्यनारायणसँग भएको शास्त्रमा उल्लेख गरिएको उनी बताउँछन् ।

विश्वकर्मा पूजा राष्ट्र, राष्ट्रियताका साथै  जनकल्याणकारीका रूपमा परिचित एक मर्यादित पूजा हो । प्रत्येक प्राणी सृष्टिकर्ता, शिल्प कलाधिपति, मेसिनरी कलाका जानकार तथा विज्ञानका सर्जक भगवान विश्वकर्माको पूजाअर्चनासँगै राष्ट्रिय उन्नतिका लागि पनि विश्वकर्मा पूजागर्नु पर्ने नियम रहिआएको ज्योतिषी रिजालले बताए ।

विवाहदिषु यज्ञषु गृहारामविधायके ।
सर्वकर्मसु संपूज्यो विशवकर्मा इति श्रुतम।।

विश्व ब्रह्माण्डका दिव्य वास्तुकार भगवान विश्वकर्मा पूजालाई आश्विन संक्रान्तिका नामले पनि पूजागर्ने परम्परा रहिआएको छ । मानिसले जन्मजात नै अष्ट सिद्धिमध्ये कुनै एक कलाको सिद्धि गरेको हुन्छ र त्यही कलाको पूजा नै विश्वकर्मा पूजा हो । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआरधना गर्नेछन् । वैदिक कालमा प्रयोग भएका विभिन्न हात हतियार वायुयान, कलात्मकशैलीमा निर्माण भएका दरबारका रचयिता तथा निर्माताकार हुन् ।

आधुनिक विज्ञानले वैदिक कालमा प्रयोग भएका आकाशवाणी, पुष्पविमान, जसलाई लंकाका राजा रावणले समेत प्रयोमा ल्याएका थिए भने रामवाणका रूपमा चिनिएको अत्याधुनिक हतियार लगाएका वस्तुहरूको आधुनिक विज्ञानले समेत नयाँ शैलीमा प्रयोगमा ल्याएको छ । मानिसको मनले जति पनि कल्पना गर्ने विचारहरू छन्, ती सबै विचार तथा कल्पनाहरू महाभारत कालमा प्रयोगमा भैसकेका छन् । आधुनिक विज्ञानले वैदिक कालमा प्रयोग भएका कला र सृष्टिको अनुसन्धानका लागि  अहिले आधुनिक विज्ञानले अर्बाैँ डलर खर्च गरिसकेको ज्योतिषी तथा वास्तुविद् रिजाल बताउँछन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist