मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–५ का एक जना मानिसलाई आज स्थानिय इलाका प्रहरील भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।
प्क्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिकाका ४३ वर्षीय जगतबहादुर लिम्बु रहेका छन् ।
उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार जगतले आफ्नो घरमा लुकाई राखे थिए । उनको घरबाट दुई नाल भरुवा बन्दुक बरामद गरिएको छ । यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीका एक जवानले जानकारी दिए ।