धरान । अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशनका चलिरहेको छ यसै क्रममा धरान नगर सभापतिको पदका लागि धरानका किशोर राईले उम्मेदवारीको घोषणा गरेका छन् ।
धरानमा शुक्रबार कार्यक्रममा उनले आफ्नो प्यानलसहितको उम्मेदवारी घोषणा गरेका हुन् । राईले नगरमा कांग्रेसलाई बलियो सुदृढ बनाउनेतर्फ केन्द्रित हुने पनि बताए ।
युवामाझ लोकप्रिय रहेका राईले धरानलाई कांग्रेसमय नगर बनाउने दावी गर्दै आफूले उम्मेदवारी दिएको बताएका थिए । राईले आफूलाई नगरसभापतिमा एक पटक मौका दिन आग्रह गरे ।
उनले धरानलाई मिनी हंगकगं बनाउनका साथै आफू फुटबलका प्रिय भएकाले धरानलाई पनि फुटबलमय बनाउने आफ्नो लक्ष रहेको बतार्ए ।
यसैगरी राईले धरान भिब देखिएको भ्रष्टाचार, अराजकता र अनियमिततालाई पनि घचघचाउदै जाने र धरानबासीलाई कांग्रेसप्रतिको विश्वास र भरोसालाई बढाउँदै जाने उनले बताए ।







