काठमाडौं । आज सातौं संविधान दिवसको अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन र रक्षा गर्न सरकार प्रतिवद्ध रहेको कुरा फेरी पनि दोहो¥याउनुभएको छ ।
प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न र सबैको सहकार्यबाट अघि बढ्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको बताउनु भयो ।