सुनसरी । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सुनसरीको रामधुनीमा नगर सभापतिको रुपमा युवा नेता सुदिप अधिकारीले आफ्नो उम्मेदवारी घोषणा छन् ।
आगामी असोज ९ गते हुने नगर अधिवेशनका लागि रामधुनी नगर सभापतिमा युवा नेता अधिकारीले उम्मेदवारी घोषणा सहित नगर सचिव दिल बहादुर राई र झुम्का उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष सगेन चौधरी रहेका छन् ।
अबको नगर सभापति नमुना काँग्रेस बनाउन सक्ने उम्मेदवार आफू मात्र भएको सुदीप अधिकारीले बताए । नगर सभापतिमा आफूँ निर्वाचित हुनेमा विश्वास रहेका अधिकारी कार्यकर्ता भेटघाटमा तीव्र रुपमा अग्रसर भएका छन् ।
लामो समय कम्युनिस्टको कब्जामा रहेको सुनसरीमा काँग्रेस बलियो भए पनि रामधुनीमा सबैले सोचे अनुरूप नभएले आफूले नगरमा काँग्रेसलाई कमजोर हुन नदिने बाचा सहित आफूँले उम्मेदवारी घोषणा गरेको उनले जानकारी दिए ।
आफूँले कांग्रेसको गढ लामो समय सम्म बचाई राख्न र रामधुनिलाई कांग्रेस मय बनाउनु मुख्य उदेश्य रहेको जानकारी दिएका अधिकारीलेआफूले सम्पूर्ण कार्यकर्ताको भावाना बुझिसकेको र नेतृत्वको लागि सम्पूर्ण हिसाबत यार पारिसकेकोले विकल्पबारे सोच्न नसक्ने उन्नले बताए ।
अधिकारीको मुख्य लाक्ष्य भनेकै युवा जमातलाई मूलधारको राजनीतिमा ल्याउने र उचित जिम्मेवारीका साथ नेतृत्वमा पु¥याउने रहेको छ ।