उदयपुर । उदयपुर सिमेण्ट उद्योगका महाप्रबन्धक गोपीकृणा न्यौपानेको पहलमा रोक्का तथा लिलाम भएको जग्गा फुकुवा भएको छ ।
उदयपुर सिमेण्ट उद्योगको जग्गा ३३ बिगाह साढे ४ कठा रोक्का रहेको र सो मध्ये २ कठा १७ धुर जग्गा लिलाम भएको थियो । उनि कानुन बिज्ञसमेत रहेका न्यौपानेले पुरानो फाइल अध्ययन गरि उक्त जग्गा फुकुवा गराउन सफल भएका हुन् ।
पुराना फाइलहरु अध्ययन गर्ने क्रममा उद्योगको ३३ बिगाह साढे ४ कट्ठा जग्गा रोक्का रहेको र रोक्का रहेको मध्ये पनि २ कठा १७ धुर जग्गा लिलाम समेत भईसकेको थाहा पाएपछि यो घटनाबारे महाप्रबन्धक न्यौपानेले थप अनुसन्धान गरे ।
सम्झौताअनुसारको उपकरण नभएकाले पैसा नतिरेको आरोप लगाउदै अदालतमा उजुरी दिएको, अदालतको फैसलाबाट उक्त जग्गा रोक्का भएको र रोक्का रहेको मध्येबाट लिलाममा गईसकेको २ कठा १७ धुर जग्गा भुक्तानी नपाएको आरोप लगाएर उजुरी दिएको व्यक्तिले नै सुईकारेको न्यौपानेले अनुसन्धानको क्रममा भेट्टाए ।
उपकरण बापतको भुक्तानी असुल गर्नका लागि जग्गा रोक्का गरिएको पाएपछि महाप्रबन्धक न्यौपानेले सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा लगी उक्त जग्गा सम्पूर्ण जग्गाहरु फुकुवा गराइ लिलाम समेत भईसकेको जग्गा उदयपुर सिमेन्टको नाममा फिर्ता भएको हो ।