काठमाडौं । परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्कालाई नियुक्त भएका छन् । खड्कालाई देउवाको सरकारले नियुक्त गरि पत्र समेत राष्ट्रपति विद्यादेवीसमक्ष पठाइसकेको देउवा सचिवालयले जानकारीदिएको छ ।
देउवाका सचिव भानु देउवाले भने, ‘दिउँसो १ शपथ गरेलगत्तै आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने कार्यक्रम रोको छ ।’
सत्ता गठबन्धनका नेताहरू बिच बसेको बैठकमा डाक्टर खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । थप अरु मन्त्रीको टुंगो लगाउन भने बाकि रहेको र दिउसो ३ बजे पदाधिकारी बैठक बस्ने जाकारी भानुले दिएका छन् ।