पोखरा । आज पोखरामा आयोजित कार्याक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले तीन बुँदे सहमातिका लागि सरकार इमान्दार नरहेको टिप्पणी गरे ।
अखिल क्रान्तिकारीको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै चन्दले सरकारलाई तीन बुँदे सहमातिमा सकारात्मक हुन आग्रह गरे ।
चन्दले आफ्ना डेढ सय कार्यकर्तालाई सरकारले जेलबाट नछाडेको गुनासो गर्दै सहमति कार्यान्वन गर्न इमान्दार हसन आग्रह समेत गरे ।
सम्बोधन गर्दै क्रममा चन्दले भने, ‘सहमति गर्ने तर कार्यान्वन नगरि हामीलाई अप्ठेरोमा पार्न खोजिएको हो? भनेर प्रश्न उठाएका थिए । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता चन्दले हामी तीन बुँदे सहमितप्रति इमानदार छौँ । तर सरकार पालना गर्न तयार छैन हामि माथि शर्तमाथि शर्त थपिदै छ भन्दै आरोप लगाए ।
खुला राजनीति गर्ने र थुनामा रहेका कार्यकर्तालाई रिहा गरेर मुद्दा फिर्ता लिने जस्ता कुराहरुमा सरकार सँग सहमति भएको जानकारी गराउँदै देउवा सरकारले आफूहरु माथि इमान्दार नभएको जानकारी दिए ।