ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

विकास केसी भन्छन् – इटहरी कांग्रेसमा यी हुन् मैले चुनाव जित्ने आधार

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज ८ गते, १२:४४ बजे
विकास केसी भन्छन् – इटहरी कांग्रेसमा यी हुन् मैले चुनाव जित्ने आधार
28
SHARES
Share on FacebookShare on Twitter
  • राम कटुवाल

इटहरी । नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत नगर अधिवेसन नजिकिएसंगै प्रतिस्पर्धीहरि बिचको चुनावी रस्साकस्सी बढ्दै गएको छ । यही असोज ९ गते (शनिबार) भोलि पालिकाको नगर अधिवेशन हुँदैछ । यसैबीच इटहरी उपमहानगरपालिका कांग्रेसको नेतृत्व गर्नका लागि तीन आकांक्षी चुनावी मैदानमा छन् ।

वर्तमान सभापति हेमकर्ण पौडेल, नेविसंघ पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसी र वर्तमान नगर सचिव प्रकाश बस्नेत सभापति पदका लागि आकांक्षी हुन् । तर, बस्नेतका पिता दुर्गाबहादुर बस्नेतको दुईदिनअघि निधन भएपछि उनी चुनावको तयारीमा होमिन पाएका छैनन् ।

वर्तमान सभापति हेमकर्ण र विद्यार्थी राजनीतिबाट उदाएका केसी अहिले चुनावी चटारोमा छन् । पौडेलले दुई कार्यकाल नगर चलाइसकेपछि पुनः तेस्रो कार्यकाल सोही पदमा उमेद्दारी दिनुले अब इटहरी कांग्रेसले परिवर्तन चाहेको अधिकांश कार्यकर्ताहरूको भनाइ छ ।

केसी संस्थापन पक्षका नेता हुन् भने पौडेल संस्थापनइतरका । त्यसो त केसीलाई नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजीव ढुंगानादेखि उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल सम्मको साथ भएकाले उनै केसीले चुनाव जित्ने धेरैजसो कार्यकर्ताको आँकलन छ । नेविसंघ सभापति राजीव ढुंगाना, मेयरका प्रत्यासी रोहित प्रसाईँ, उवासंघ अध्यक्ष भीम पौडेल, कांग्रेस क्षेत्रीय सभापति मणिराम श्रेष्ठ तथा अन्य थुप्रै बलिया नेताहरू केसीका साथमा छन् ।

मेयरका प्रत्यासी रोहित प्रसाईँ भन्छन्, ‘अब इटहरीले नेतृत्व परिवर्तन चाहेको छ भन्ने धेरैको माग छ, राजनीतिक हिसाबमा सबैलाई स्पेस पनि चाहिन्छ ।’

उनले पार्टीको आन्तरिक प्रतिस्पर्धा भएका कारण इटहरी कांग्रेसले नेतृत्व परिवर्तन खोजेकाले सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । ‘जहाँ पार्टी संगठित हुन्छ, त्यहाँ कांग्रेस बलियो हुन्छ, इटहरी कांग्रेसलाई बलियो बनाउनका लागि पनि यसपटक सर्वसम्मत रूपमा टिम बनाए हुन्थ्यो ।’

संगठन बलियो बनाउनका लागि पनि एकपटक सर्वसम्मत गरेर नेतृत्व चयन गरे सकारात्मक ‘म्यासेज’ जाने उनको तर्क छ ।
नेविसंघ सुनसरीका सभापति मन्दिप भट्टराईले हालसम्मको अकंगणितको हिसाबमा केसीले नै चुनाव जित्ने दाबी गर्छन् । ‘गाउँ–गाउँबाट नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने कुरा उठिरहेको छ,’ उनले भने, ‘नेविसंघमा रहँदा विकास केसीको सक्षम नेतृत्वकै कारण आज कांग्रेस इटहरीले उनको नेतृत्व खोजेको छ ।’ उनले कांग्रेसलाई संगठित गरेर र सबैलाई समेटेर लैजानका लागि पनि केसीको नेतृत्व आवश्यक परेको बताए ।

सभापतिका आकांक्ष विकास केसीले भने आफूले चुनाव जित्ने दाबी गर्छन् । आफूले सबै क्षेत्रका मानिसहरूलाई टिममा समेटेका कारण पनि आफू जीतको नजिकमा पुगेको उनको दाबी छ । ‘मेरो चुनाव जित्ने आधार भनेको साबिक हाँसपोसा, एकम्बा र खनार क्षेत्रका मानिसहरूलाई पनि समेटेर समावेशी टिम बनाएको छु,’ केसी भन्छन्, ‘साबिकका गाविसलाई प्रतिनिधित्व गर्नेगरी सबैलाई समेटेको छु, इटहरी कांग्रेसले यसपटक परिवर्तन खोजेको छ ।’

हाल कांग्रेस इटहरी संस्थागत हिसाबले नचलेका कारण गत स्थानीय तहको चुनावममा मेयर, उपमेयर पदमा हार व्यहोर्नुपरेको र अब आफ्नो कार्यकालमा सबै पदमा विजयी बनाउने लक्ष्य लिएको केसीको भनाई छ । ‘२०५२ सालदेखि विद्यार्थी राजनीति गरेकाले मैले नेविसंघमा रहँदा प्रतिपक्षी पार्टीसँग पनि फेस गर्ने काम गरेको छु,’ केसीले भने, ‘नेविसंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका कारण पनि संगठन निर्माणका निम्ति मेरो परिपक्कता छ, पार्टीमा निरन्तर लागिपरेको छु ।’ उनले आफूले १३ औँ महाधिवेशनमा कांग्रेस इटहरीमा उपविजेता भएपनि अरूहरूजत्तिकै खटेको दाबी गरे ।

‘देशले नै परिवर्तन मागिरहेको बेला मेरो प्रतिष्पर्धी हेमकर्ण पौडेल तीन कार्यकाल नगरमै बस्नु अनूचित हुन्छ भन्ने हो,’ उनले भने, ‘तर चुनावी प्रक्रियामा समावेश हुनु अधिकारको कुरा हो, यसपटक सबैको साथ भएकाले मैले चुनाव जित्नेछु ।’ उनले नेविसंघ सभापतिदेखि उवासंघका अध्यक्ष, विभिन्न वडाका वडाध्यक्ष, लायन्स, जेसीज जस्ता संस्थाको पनि साथ रहेका कारण चुनाव जित्ने दाबी गरे ।

‘विभिन्न समस्यामा फेस गर्न सक्ने र सबै समेटिएको टिम भएका कारण मेरो चुनाव जित्ने आधार हो, समावेशी टिम भएकै कारण मैले चुनाव जित्छु,’ उनले भने, ‘चुनावी अभियानमा मात्रै होइन, अन्य समयमा पनि कार्यकर्ताको समस्यामा साथ दिएका कारण यसपटक इटहरी कांग्रेसको नेतृत्व मैले लिनुपर्छ र क्षेत्रीय प्रतिनिधिहरूले मलाई नै मत दिनुहुन्छ ।’

सभापतिका आकांक्ष केसीको टिमबाट उपसभापतिमा बालकृष्ण विष्ट, चन्दन साहले उमेद्दारी दिएका छन् । यस्तै, सचिवमा प्रकाश चौधरी र मन्दिप भट्टराईले उमेद्दारी दिएका छन् भने सह–सचिवमा मेनुका गिरीले उमेद्दारी दिएकी छन् ।

– नेविसंघ केन्द्रीय उपाध्यक्षमा निर्वाचित
– युवा तथा अग्रजमाझ लोकप्रिय
– जस्तोसुकै समस्यामा पनि फेस गर्न सक्ने
– समावेशी टिम बनाएर नगर नेतृत्व गर्ने तयारी
– आगामी स्थानीय तहको निर्वाचनमा सबै पदमा विजयी गराउने प्रतिवद्वता

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist