काठमाडौं । नेकपा एमालेले आफ्ना कार्यकर्ताहरुले उठाएका प्रश्नका जवाफ ओलीसहित शीर्ष नेताहरुले दिन थालेका छन् ।
नेकपा एमालेका केन्द्रीय कमिटीको बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेलले दिन थालेको हुन् ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठक पनि छलफल भएको थियो । त्यहि केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष भीम रावललगायतका नेताहरूले १० बुँदे सहमतिमा अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएका थिए ।
आजको बैठकमा तिनै सदस्यहरुले उठाएको प्रश्नमा एमाले अध्यक्ष केपी ओली सहितका शीर्ष नेताले जवाफ दिन थालेका छन् ।