- राम कटुवाल
ईटहरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सुनसरीको अधिकांश स्थानीय तहको निर्वाचनमा पार्टी सभापति शेरवहादुर देउवा पक्षको उम्मेदवार पराजित भएका छन् ।
सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाको अधिकांश स्थानीयतहको भएको निर्वाचनमा देउवा पक्षको कमजोर उपस्थित देखिएको छ । सुनसरीमा सम्पन्न भएको पालीका तथा नगर अधिवेसनका क्रममा पौडेल पक्ष भनिएका इटहरीको सभापतिमा हेमकर्ण पौडेल र धरानमा श्याम पोखरेल, इनरुवामा राजन मेहता, रामधुनीमा सुदिप अधिकारी, हरिनगरमा नुनु अंसारी, देवानगन्जमा जगधर यादव, बर्जुमा कृष्ण संग्रौला, निर्वाचित भएका छन ।
त्यसैगरी देउवा पक्ष भनिएका बराहक्षेत्रमा रमेश कार्की बिजयी भएका छन् । त्यसैगरी सुनसरीको कोशीमा भने केन्द्रमा पौडेल पक्षको नजिक भएका र स्थानीय स्तमा देउवा पक्ष नजिकिएका सुलेमान मंसुरी सभापतिमा बिजयी भएको छ । त्यसैगरी गढीमा भने बिजय गच्छदारसंग नजिक भएका कमल चौधरी बिजयी भएका छन् ।
जिल्लाको अवस्था हेर्दा सुनसरीमा पौडल पक्षको दवदवा रहेको स्थानीय पालीका निर्वाचनको सिनारीले देखाएकभो छ । जिल्लामा देउवा पक्ष मानिएका ज्ञानेन्द्र कार्की, मिन बहादुर विश्वकर्मा, बिजय गच्छदार, सिताराम मेहता लगायतका शिर्ष नेताको उपस्थिति भएपनि स्थानीय पालिकाको निर्वाचनमा भने पौडल पक्षको हालिमुहालि देखिएको छ ।
जिल्लामा अहिलेको सिनारीलाई हेर्ने हो भने जिल्ला सभापति सहित अन्य जिल्लाको पदाधिकारी समेत पौडेल पक्षले हात पार्ने देखिएको पार्टीका जिल्ला सचिव केदार भण्डारीको दाबी रहेको छ ।