Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

चक्रवात गुलाबको प्रभाव नेपालमा – आजबाट सक्रिय हुने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज ११ गते, ६:३७ बजे
चक्रवात गुलाबको प्रभाव नेपालमा – आजबाट सक्रिय हुने
63
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । हिन्द महासागरबाट शुरु भएको चक्रवात गुलाबको प्रभाव नेपालमा आज सोमबारबाट पर्ने मौसमविद्ले जनाएका छन् । यस वर्षको मनसुन सकिन अब केही दिन बाँकी रहेका बेला नेपालमा गुलाब चक्रवात आउन लागेको हो ।

गुलाबको प्रभावले नेपालमा त्यस्तो ठूलो असर गर्ने भने नदेखिएको जल तथा मौसमविज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिमा श्रेष्ठले  बताए । उनका अनुसार आजबाट मौसममा केही तलमाथि हुनेछ । ‘पानी पर्नेछ तर त्यस्तो नोक्सानी गर्नेखालको वर्षा भने देखिदैन’ मौसमविद् श्रेष्ठले भने । धेरैजसो चक्रवातजस्तो यसले ठूलो वर्षा गराउन नसक्ने उनले बताए ।

उनले भने, ‘आजदेखि नै पर्नेजस्तो देखिएको छ, यो दुई तीन–दिनमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ तर सतर्कता अपनाउन भने जरुरी छ ।’ यो वर्षाको अन्तिमतिर भएकाले ठूलो पानी पर्न सक्ने भन्दै उनले दुई–तीन दिनसम्म सतर्कता अपनाउन अनुरोध गरेका छन् । उनले नेपालको ठूला नदीमा बहाब बढेकाले सतर्कता अपनाउन भने जरुरी रहेको बताए ।

हाल नेपालमा भारतको मध्यप्रदेश तथा उत्तरप्रदेश आसपास अवस्थित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको मौसमविज्ञान विभागले जनाएको छ ।

यता, बाढी पूर्वानुमान महाशाखाका मौसमविद् मौसम भण्डारीका अनुसार चक्रवातको कारण नेपालमा अझै पानी पर्ने सम्भावना छ । “यो तीन–चार दिन नेपालमा रहनेछ ।’ तर भोलिदेखि मौसममा आउन सक्ने परिवर्तनलाई ख्याल गरी सतर्कता अपनाउन भने अनुरोध गरिएको उनले बताए । उनले भने, ‘ठूलो पानी नपरे पनि यो समयमा क्षति हुनसक्छ ।’ यसलाई ध्यान दिई सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ ।

हाल नेपालमा सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त स्थानहरुका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist