काठमाडौं । सरकारले पार्टी फुटाउने प्रयोजनको लागि ल्याएको अध्यादेश असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग मंगलबार भएको भेटमा ओलीले सरकारले पार्टी फुटाउने प्रयोजनका लागि भदौ २ गते जारी गरेको अध्यादे सोमबार फिर्ता लिनुले त्यसमा सरकारको वदनियत प्रष्ट भएको बताईएको छ ।
ओलीको सचिवालयले जारी गरेको प्रेस नोटका अनुसार संसद् चलेको अवस्थामा कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को भएभ पनि सरकारले अध्यादेश फिर्तालिएर संसदको अपमान गर्ने काम गरेको ओलीले बताएका छन् ।
‘संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन नसक्ने ओलीको सन्देशमा भनिएको छ ।
संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र राष्ट्रपतिबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने ओलीको भनाई छ ।