काठमाडौँ । आजदेखि गोदावरीको सनराइज सम्मेलन केन्द्रमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पहिलो विधान महाधिवेशनमा चहलपहल शुरु भएको छ । ३ दिनसम्म चल्ने महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो साढे १२ बजे र १५ मिनेटमा उद्घाटन गर्ने कार्यक्रम छ ।
केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्ने छन् ।
जिल्ला सम्पर्क मञ्चहरुको समन्वयमा प्रतिनिधिहरुको बसोबासको व्यवस्था मिलाइएको एमाले नेता इन्द्र भण्डारीले बताए । विधान महाधिवेशनमा सहभागीहरुलाई खाना र खाजाको व्यवस्था सम्मेलन केन्द्रमा गरिएको छ ।