कठमाण्डौं । एमाले आफ्नो जिम्मेवारी लिन नसकेपछि एमाले फुटेको र केपी ओलीको कारणले पार्टी विभाजन भएको नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल बताउँ छिन् ।
संसद् गतिरोधको अवस्थामा छ । नेकपा एमालेको निरन्तरको विरोघ तथा अबरोधका कारण संसद् सुचारु हुन नसकेको उनको आरोप छ । प्रधानमन्त्री र सभामुखले एमालेलाई विश्वासमा लिन नसक्दा संसद् अवरोध सिर्जना भएको तर्क उनको रहेको छ ।
सत्तारुढ नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल एमाले आफ्नो जिम्मेवारीबाट चुकेको बताउँछिन् ।
एमालेले सर्वोच्च अदालतमा मुद्दा दायर भएका १४ जना संसद्लाई निश्कासन गर्न खोज्नु संविधानसम्मत नभएको भुसालकोे भुसालको आरोप छ ।
एमालेले आफ्नो निजी स्वार्थमा मुलुकलाई बन्धक बनाउन खोजेको भन्दै एमाले फुटाउनमा काँग्रेसको नभएर स्वयं केपी ओलीकै भूमिका रहेको जानकारी दिईन् । केपी ओलीले बारम्बार दलसम्बन्धी अध्यादेश ल्याएर काँग्रैस र नेकपा माओवादीले एमाले फुटाएको भने तर तेसो नभई ओली कै कारण एमाले फुटेको हो उन्नले भनिन् ।