काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा देशभर ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १ हजार १ सय २३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार २ सय १९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ८ सय ६७ जनामा संक्रमित भेटिएका हो । आज मृत्यु हुनेको संख्या ९ जना रहेको छ ।
हाल देशभर १७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।







