काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकलाई निःशुल्क प्रिमियम सहितको बिमा गराउने भएका छन् ।
आज ३१औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरको कार्यक्रलाई सम्वोधन गर्दै सम्पूर्ण ज्येष्ठ नागरिकलाई निःशुल्क प्रिमियम सहितको बिमा गराउने तयारी गरेको घषण गरेका छन् ।
यसै कार्यक्रम मार्फत प्रधामन्त्री देउवाले ज्येष्ठ नागरिकलाई शुभकामना दिनुभएको छ ज्येष्ठ नागरिकको हकहित, संरक्षण तथा सम्बर्द्धनका क्षेत्रमा क्रियाशील रहनको लागि सबै निकायलाई ध्यान दिन आग्रह गरे ।
प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्व दिँदै ७ वटै प्रदेशमा नागरिक स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने, हरेक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र अन्य स्वास्थ्य संस्थामा पनि ज्येष्ठ नागरिकका सुविधा र उपकरणको स्तरोन्नति गर्ने प्रधानमन्त्री देउवाले जानकारी दिए ।