मोरङ । नेपाली कांग्रेस १४ औं महाधिवेसनमा विराटनगर महानगर सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् ।
आइतबार बिहान आएको मतपरिणाम अनुसार चापागाईं आइतबार आएको मतपरिणाममा २१२ मतसहित सभापति पदमा निर्वाचित भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेलाई पराजित गरेका थिए । पराजीत न्यौपानेले १६५ मत मात्रै प्राप्त गरेका छन् ।
चापागाईं र न्यौपाने कोइराला र देउवा निकट हुन् । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालानिकट चापागाई हुन् भने पराजित भएका न्यौपाने सभापति शेरबहादुर देउवानिकट हुन् ।
सभापति पदमा उठेका कृष्ण कार्कीले १३३ र अरूण न्यौपानेले १२७ मत मात्रै प्राप्त गरेका थिए । उनीहरू दुबै जना शेखर कोइराला पक्षका हुन् ।
यसैगरी महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भए । सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन् ।
कोइराला पक्षका चापागाँई विजय भएपछि उम्मेदवार सभापति देउवा पक्षको अनुमान फेल खाएको थियो । देउवा पक्षले कोइराला पक्षका धेरै उम्मेदवार सभापतिमा उठ्दा आफूलाई फाईदाहुने अनुमान गरेका थिए ।