काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल सहकारी अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख धिरतप्रताप सिंहले जानकारी दिए ।
उनका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा किटानी जाहेरी परेको छ । तामाङमाथि चिठ्ठा, घरकर्जा लगायतका आकर्षक अफर देखाएर ठगी गरेको तथा सहकारीको पैसा व्यक्तिगत र्फममा लगानी गरेको आरोप पनि छ ।
तामाङ्ग विरुद्द धेरैजनाको उजुरी परेको र यो क्रम जारी रहेको स्रोतले नीति सञ्चारलाई जानकारी दियो । उनीसङ्ग लिनुपर्ने पैसा नपाउँदा र यसनिम्ति बर्षौँदेखि धाउँदा धाउँदै उजुरकर्तामध्येका ६ जनाको मृत्यु भैसकेको समेत बताइएको छ ।
तामाङ्ग सिभिल बैंकका अध्यक्ष हुन्,सिभिल होम्सलगायत थुप्रै कारोवारमा उनको लगानी रहेको छ ।







