काठमाडौं । नेपालको साफ च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित ।
सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । भने श्रीलंकाका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काएका थिए ।
खेलको ३३ औं मिनेटमा सुमन लामालेले गोल गर्दै नेपाललाई राम्रो सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यू गोल हो । अग्रतालीने क्रममा नेपालले ५१ औं मिनेटमा अन्जनल विष्टले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए थिए ।
ह्यामिल्टनले ५७ औं मिनेटमा गोल गर्दै श्रीलंकालाई २–१ को स्थितिमा ल्याए र खेलमा पर्किने कोसिस गरेको थियो । । तर खेलको ८६ औं मिनेटमा आयुसले गोल गर्दै नेपाललाई ३–१ को अग्रता दिलाए । उनको यो नेपालका लागि पहिलो गोल हो । उनि परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।
श्रीलंकाका पेनाल्टी पाएपछि खेल झन रोमाञ्चक स्थितीमा पुगेको अबस्थामा नेपालले ३–२ को महत्वपूर्ण जित निकाल्न सफल भायो । पेनाल्टी गोल श्रीलंकाका डी सिल्भाले गरेका थिए । यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलमा ६ अंक हो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको थियो ।
अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । हिजै भएको पहिलो खेलमा भारत र बंगलादेशले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।