इटहरी । गएराति इटहरीमा दुर्घटना भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटना मध्यरातमा भएको हो ।करिब ११ः०० बजे आसपासमा इटहरी १७ लायन्स चौकमा दर्घटना भएको थियो ।
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत भएको उक्त दुर्घटनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटरलाई बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिंदा दुईजनाको मृत्यु भएको हो ।
ठक्करबाट उपचारको क्रममा कोशी विराटनगर लग्दा लग्दै बाटैमा दुईजनाकै मृत्यु भएको थियो । नाम, थर खुल्न नसकेका स्कुटर चालक र पछाडि सवार पुरुष दुवैको मृत्यु भएको हो । उनिहरु अन्दाजी ३२÷३३ वर्ष रहेको प्रहरीको अनुमान छ ।
यता ट्रक र चालक मकवानपुर हेटौंडा ९ बस्ने ३१ वर्षीय अर्जुन गिरी रहेका छन् उनलाई इलाका प्रहरी कार्यालय पकलीको नियन्तणमा लिएको छ ।
घटनाको छानबिन गरिरहेका प्रहरीले स्कुटर चालकको लापरबाही पूर्वक चलाएका कारण दुर्घटना भएको हुनसक्ने अनुसन्धानबाट खुलेको छ । यद्यवी पुरै रिपोर्ट भने आउन बाकी रहेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।