काठमाडौं । लामो समय पछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । देउवाले दलहरुबीच मन्त्रालय बाँडफाँटको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।
विभादै विभादमा प्रधानमन्त्री देउवाले मन्त्री परिसद विस्तार गर्ने टुङगो लगाएपनि विभाद भने अझै कायमै रहेको छ । रामचन्द्र पौडेल पक्ष र देउवा पक्षबीच कति मन्त्रालय लिने भन्नेमा विवाद जारी नै छ ।
पौडेल पक्षले मागेका पाँच मन्त्रलय मध्ये देउवाले दुईमात्रै दिने बताएका छन् । यस बिच कुरा नमिले पछि पौडेल पक्ष बैठक छोडेर हिँडेको थियो ।
उता एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँटलाई लिएर दलहरुबीच पुनः छलफल हुनुपर्ने माग गरेको छ । नेकपा (एकीकृत समाजवादी) पार्टी पनि मन्त्रलय बाँडफँडमा आफू असन्तुष्ट रहेको र आफूहरुलाइ अरु दलसरह व्यवहार गरिनुपर्नेमा जोड दिएको छ ।
माओवादी केन्द्रले भने आफ्नो भागमा परेका मन्त्रालयमा जिम्मेवारी पाउनेहरुको सार्वजानीक गरेको छ । देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराज माओवादीका तर्फबाट मन्त्री बन्ने भएका छन् ।
यस्तै उपेन्द्र यादव पार्टी जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बिहिबार नै नाम दिने तयारी गरेको छ । जसपाले अहिलेसम्म मन्त्री बन्नेको नाम टुंग्याएको छैन ।