काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार ८७ औँ दिनमा मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार ११ बजेभित्र मन्त्री बन्ने नेता तथा सांसदहरुको नाम दिन सत्तापक्षीय गठबन्धनका शीर्ष नेताहरुलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार कांग्रेस, माओवादी, नेकपा समाजवादी, जनता समाजवादी पार्टीसहितको सत्ता गठबन्धनका तर्फबाट थपिएका १८ मन्त्रीहरुको शपथ आजै हुने तय भएको स्रोतले नीति सञ्चारलाई बतायो । स्रोतका अनुसार आज दिउँसो ४ बजे सपथग्रहण गराउने गरी मन्त्रिपरिषद् विस्तार हुदैँछ।
सत्ता गठबन्धनका नेताहरुबीच बिहीबार यसबारे सहमति जुटेको हो। समाजवादीले ४ मन्त्रालय र एक राज्यमन्त्री पाउने भएको छ।







