ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

अधिवेशन सम्पन्न हिमाली जिल्ला सभापतिहरूमा देउवाको वर्चश्व

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज २५ गते, ५:५७ बजे
कांग्रेस १४औं महाधिवेशन : निर्धारित मितिकै केन्द्रीय महाधिवेशन हुनेमा आशंका
30
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको चालु अधिवेशन सम्पन्न भएका १३ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवा निकट नेतृत्वले विजयी प्राप्त गरेको छन् । पाँचवटा जिल्लामा संस्थापनइतर पक्षका नेता सभापतिमा निर्वाचित भएका मा १४औं महाधिवेशनबाट पुनः नेतृत्व लिने रणनीतिमा लागेका कांग्रेस सभापति शेरवहादुर देउवाले वडा अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष ल्याउन कसरत गरिरहेका छन्।

दशैंअघि हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने योजना अनुसार १३ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । हिमाली जिल्ला २१ मध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कालिकोट, हुम्ला, मुगु, जुम्ला, बाजुरा र बझाङमा जिल्ला अधिवेशन अघि बढेको थियो । जसमध्ये जुम्लामा शुक्रवार अवेरसम्म निर्वाचन प्रक्रियामा गइसकेको छैन । हिमाली जिल्लामध्ये डोल्पा, सोलुखुम्वु, रसुवा, मयाग्दी लगायतका जिल्लाहरुमा अधिवेशन हुन सकेको छैन ।

अधिवेशन सम्पन्न भएको जिल्लामध्ये देउवा निकट सभापतिहरुमा ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मनाङमा शंकर गुरुङ, रुकुम पूर्वमा केशरमान रोका, हुम्लामा मोहनविक्रम सिंह र मुगुमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता संखुवासभामा दीपक खड्का, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन थकाली, कालिकोटमा अम्बबहादुर शाही र बाजुरामा रामसिंह रावल जिल्ला सभापतिमा निर्वाचित भएका छन् । यीमध्ये पनि संखुवासभामा निर्वाचित खड्का महामन्त्री शशांक कोइराला निकट हुन् । गोरखाका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने महामन्त्रीका दाबेदार गगन थापा निकटका हुन् ।

जिल्ला अधिवेशन भएको मनाङ, मुस्ताङ, रुकुम पूर्व र कालिकोटमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो । अहिलेसम्म प्राप्त १३ जिल्लाको नतिजा हेर्दा १४औं महाधिवेशनमा पौडेल पक्ष कमजोर हुँदै गएको देखिन्छ । अधिल्लो महाधिवेशनमा ७५ जिल्लामध्ये कोइराला र पौडेल पक्षको ४६ जना जिल्ला सभापति थिए भने देउवा निकट जिल्ला सभापति २९ जनामात्र थिए । तथापि १३औं महाधिवेशनमा देउवाले सभापतिमा विजयी प्राप्त गरेका थिए । देश संघीयतामा गएपछि अहिले २ जिल्ला थपिएको छ । यही तरिकाले नेतृत्व आउने हो भने जिल्ला सभापतिमा देउवा पक्षको कम्तीमा ४० जना आउने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist