काठमाडौं । साफ च्याम्पियनशीप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्समा जारी खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे माले रंगशालामा सुरु हुनेछ ।
आजको खेलमा बराबरी वा जितको नतिजाले पनि नेपालले फाइनलमा स्थान बनाउने छ । प्रिम्याच कन्फ्रेन्समा बोल्दै सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाललाइृ इतिहास रच्ने मौका र विश्वास रहेको बताउनु भएको छ ।
अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा समेत नपुगेको नेपाललाइ आज उपाधि नजिक पुग्ने अवसर रहेको छ ।
नेपाल र बंगलादेशबीच अहिलेसम्म साफ च्याम्पियनशीपमा सातपटक आमनेसामने भएको छ । जसमा नेपालले तीनपटक र बंगलादेशले चारपटक जीत हासिल गरेका छन् ।
पछिल्लो त्रिकोणात्मक खेलमा भने नेपालले बंगलादेशलाई हराउँदै उपाधी आफ्नो कब्जामा पारेको थियो । नेपालले सुरुआती दुई खेलमा लगातार माल्दिभ्सलाई १-० ले र श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो ।
तेस्रो खेलमा भने नेपाल भारतसँग १-० ले पराजित भएको थियो । आजै भारतले माल्दिभ्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।