ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

वीपीमा सशक्त आन्दोलनको तयारीमा चिकित्सक – सुरक्षा घेरा तोडेर सडकमा जाने (भिडियो सहित)

पदाधिकारी भन्छन् - स्पष्टीकरण सोधिने विषय सामान्य हो

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ६ गते, १८:४१ बजे
वीपीमा सशक्त आन्दोलनको तयारीमा चिकित्सक – सुरक्षा घेरा तोडेर सडकमा जाने (भिडियो सहित)
32
SHARES
Share on FacebookShare on Twitter

धरान, ६ असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याल्टी वेल्फेयर सोसाइटीका अध्यक्षलाई स्पष्टीकरण सोधिए पछि आन्दोलित भएका चिकित्सक तथा विद्यार्थीहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन्।

प्रतिष्ठानमा पदाधिकारीहरुले गरेको अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई एसएमएस गरेका डा.विष्णु पोख्रेललेलाई  प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेपछि आन्दोलित भएका चिकित्सक तथा विद्यार्थीहरुले आइतवार पनि अनियमितता र भ्रस्टाचार विरुद्दको आन्दोलनलाई निरन्तरता दिएका हुन्।

गत आईतवारबाट आन्दोलित भएका चिकित्सक तथा विद्यार्थीहरुले एकसाता भईसक्दा समेत आफ्ना मागहरु पुरा नभएको भन्दै अझ सशक्त आन्दोलनको तयारी गरेको फ्याल्कटी वेल्फेयर सोसाइटीका अध्यक्ष  डा. विष्णु पोख्रेलले बताएका छन्।

हरेक दिन आठ देखि दश बजे सम्म गरेको आन्दोलनले पदाधिकारीहरुले दवाब महसुस नगरेको बताउँदै पोखरेलले भने, ‘सोमवारबाट सुरक्षा घेरा तोड्दै सशक्त आन्दोलनमा सम्पूर्ण प्रतिष्ठान उत्रिने छ।’

प्रतिष्ठान अथोरिटीलाई जानकारी दिएरै सुरक्षा घेराबाट आन्दोलन सडकमा पुग्ने बताउँदै डा. पोखरेलले प्रतिष्ठान जोगाउन सशक्त आन्दोलनको विकल्प नभएको जिकिर गरे। उनले भने, ‘सम्पूर्ण वीपी प्रतिष्ठानलाई भोलिको आन्दोनलमा उत्रिन आह्वान गर्छौं।’

प्रतिष्ठानको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई एसएमएस गरेका उनले भने, ‘प्रतिष्ठानमा भएको अनियमितता र भ्रस्टाचारको छानविन वीपी कोइराला प्रतिष्ठानलाई अब शुद्धिकरण अभियान राष्ट्रियकरण भइसक्यो अब कसैले रोक्न चहेर पनि रोक्न सक्दैन। सबैले यसमा सहभागीता जनाउनुको बिकल्प छैन।’

आन्दोलनमा सहभागी चिकित्सकहरुले पदाधिकारीहरुले आफ्ना माग सम्बोधन गर्न बेवास्ता गरेको भन्दै सोमवारबाट अझै ठुलो संख्यामा सशक्त सशक्त रुपमा सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।

त्यसैगरि, चिकित्सक र विद्यार्थीको मागको विषयमा प्रतिष्ठानका पदाधिकारीहरुसँग जिज्ञासा राख्दा नाम उल्लेख नगर्ने सर्तमा एक पदाधिकारीले भने, ‘प्रतिष्ठानमा स्पष्टीकरण सोधिने विषय सामान्य हो। हिजो पनि सोधिएका हुन्, भोलिपनि सोधिने छन्। मुख्यकुरा स्पष्टीकरणको विषय भन्दापनि आदोलन सुरु हुँदाको विषय र माग विषयान्तर भएको छ।’

आन्दोलनमा चिकित्सक र कर्मचारीहरुको आ-आफ्नो व्यक्तिगत स्वार्थ रहेकाले आन्दोनल विषयान्तर भएको उनले दावी गरे।

उनले भने, ‘आन्दोलनकारीले प्रतिष्ठानको हित भन्दा पनि राजनीतिक र व्यक्तिगत अभिष्ट पुरागर्ने रणनीति देखिन्छ। डाक्टर र कर्मचारीहरु आ-आफ्नो अभिष्ट पुरा गर्ने दाउमा छन्। संस्थाको हित गौण देखिएको छ।’

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist