काठमाडौं । कर्णाली र बाग्मती प्रदेश सरकार बदलीने लगभग निश्चीत भएको छ । वडा दशैंको समाप्तिसँगै कर्णाली प्रदेशमा सरकार फेरिने भएको छ ।
कर्णालीमा अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामाको माग गरी कांग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने तयारी भईरहेको छ ।
यता बाग्मतिमा भने मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाई नयाँ गठबन्धन सरकार बनाउन कात्तिक ४ गते प्रदेश सभाको बैठक बस्ने भएको छ ।
एमाले विभाजनसँगै शाक्य अल्पमतमा परेकी थिईन् । अब शाक्यलाई आफ्नो पद जोगाउन ५५ सांसद चाहिन्छ । तर, उहाँको दल एमालेसँग ४३ सांसद मात्र छन्
बाग्मती प्रदेशमा मुख्यमन्त्री परिर्वतन हुने निश्चित भएपनी कुन दलको नेतृत्वमा सरकार बन्नेहोे भन्ने अझैं अनिश्चित भईसकेको छैन् ।