काठमाडौं । मालदिभ्सको राजधानी मालेमा साफ च्याम्पियनसिप खेलेर नेपाली टोली काठमाडौं आइपुगेको छ ।
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो र नेपालले फाइनलमा भारको सामना गरेको थियो । भारत सँग तीन गोलले खेल हारेपछि उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली काठमाडौं आइपुगेको छ ।
नेपाली टोलीलाई स्वगत गर्न युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज विमानस्थल पुगेका थिए । मालदिभ्सको राजधानी मालेमा शनिबार फाइनल खेल खेलीरहेको नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भए पनि नेपाली दर्शकको मनलाई भने पराजित गर्न सकेन ।
नेपाल साफको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको थियो र योनै नेपाली फुटबलको अहिले सम्मको सबै भन्दा ठूलो उपलब्धी रहेको छ ।