ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रादेशिक सञ्चार प्रतिष्ठानमा धमाधम भइरहेको नियुक्ति प्रति पत्रकार संगठनहरुको गम्भीर ध्यानाकर्षण

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ कार्तिक ५ गते, ६:५५ बजे
प्रादेशिक सञ्चार प्रतिष्ठानमा धमाधम भइरहेको नियुक्ति प्रति पत्रकार संगठनहरुको गम्भीर ध्यानाकर्षण
27
SHARES
Share on FacebookShare on Twitter
  • राम कटुवाल 

इटहरी । प्रदेश १ मा क्रियाशील पत्रकार संगठनहरुले एक प्रेस विज्ञप्ति जारीगर्दै  प्रदेश १ सरकारद्धारा प्रादेशिक सञ्चार प्रतिष्ठान सञ्चालक समितिमा धमाधम भइरहेको नियुक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रादेशिक सञ्चार प्रतिष्ठान सञ्चालक समितिमा एकलौटी रुपमा एकपछि अर्को नियुक्ति गरेपछि पत्रकार संगठनहरुले एक संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको उक्त कदमको विरोध गरेका हुन् ।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन र प्रेस मंच नेपालका प्रदेश १ का नेताहरुले, प्रतिष्ठान जस्तो समग्र पत्रकारिताको विकासका लागि स्थापित साझा निकायमा विधि, पद्धति र मापदण्ड विपरित एकलौटी ढङ्गले भइरहेको यस्तो नियुक्तिले पत्रकारिता जगतमा गलत संस्कार स्थापित हुने निष्कर्ष निकाल्दै प्रदेश सरकारको उक्त कदमप्रति आपत्ति जनाएका हुन् ।

श्रीशिशा राई, धनबहादुर पुरी, तिर्थ सिग्देल र कमान देवानले हस्ताक्षर गरेको उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रतिष्ठान जस्तो समग्र पत्रकारिताको विकासका लागि स्थापित साझा निकायमा विधि, पद्धति र मापदण्ड विपरित एकलौटी ढङ्गले भइरहेको यस्तो नियुक्तिले पत्रकारिता जगतमा गलत संस्कार स्थापित हुने हाम्रो निष्कर्ष छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘कानुनतः निर्धारित समयभित्र संसदबाट विश्वासको मत प्राप्त गर्न नसकी सान्दर्भिकतामै प्रश्न उठिरहेको यस सरकारले हतार–हतार गरिरहेको यस नियुक्तिले पत्रकारिता क्षेत्रमा गलत नजीरमात्र स्थापित गरेको छैन, प्रादेशिक सञ्चार प्रतिष्ठानको गरिमालाई समेत ध्वस्त बनाउने कार्य भइरहेको हाम्रो ठहर छ । प्रादेशिक सञ्चार प्रतिष्ठानलाई राजनैतिक उद्देश्य पुरा गर्ने माध्यम नबनाउन र पत्रकारिता जस्तो जिम्मेवार क्षेत्रलाई राजनीतिको प्रभावमा नपर्न हामी माग गर्दछौँ ।’

प्रेस चौतारी बाहेकका पत्रकारको संगठनहरुको उक्त विज्ञप्तिमा प्रदेश सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठानमा एकलौटी रुपमा गरेको नियुक्ति तत्काल रोक्न र भएका नियुक्ति तत्काल खारेज गर्न जोडदार माग समेत गरिएको छ ।

गलत ढंगबाट प्रदेश सरकारले गरेका यस्ता नियुक्तिलाई सहजरुपमा स्वीकार गर्न नसकिने स्पष्ट पार्दै विज्ञप्तिमा ‘यस्ता प्रलोभनमा नपर्न सम्पुर्ण श्रमजीवी पत्रकारहरुमा हार्दिक आव्हान’ समेत गरिएको हस्ताक्षरकर्ता समेत रहेका नेपाल प्रेस युनियन प्रदेश १ का सचिव धनबहादुर पुरीले नीतिसञ्चारलाई जानकारी दिए ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist