कठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पास गराउनेमा आफूँ पूर्ण विश्वासस्त रहेको बताएका छन् । सुदूरपश्चिमा अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसनमा देउवाले कुनै पनि हालतमा एमसिसी पास हुने बताएका छन् ।
बाढी र पहिरोले पु¥याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका देउवाले एमसिसी पासहुनेमा दुईमत नरहेको जानकारी गराएका हुन् । प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी पास भएपनि नेपालको कानुनमातहत नै हुने दाबी समेत गरेका छन् ।
सम्मेलन देउवाले भने, ‘एमसिसी पास हुन्छ । यसमा संशोधन आवश्यक छैन । परियोजनाबारे केही झुठा प्रचार गरिएको छ । एमसीसी परियोजना अनुदान हो । यसमा नेपालकै कानून लागू हुन्छ ।’ देउवाले अनुदान परियोजनाका बारेमा अनावश्यक धेरै होहल्ला गरेको समेत टिप्पणी गरें ।







