ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

‘कोप–२६’ – हिमालमा हिउँ पग्लिएको मुद्दा उठाउँदै नेपाल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ कार्तिक ६ गते, १७:१० बजे
‘कोप–२६’ – हिमालमा हिउँ पग्लिएको मुद्दा उठाउँदै नेपाल
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि ‘युएनएफसीसीसी’ पक्ष राष्ट्रको २६औं सम्मेलन ‘कोप–२६’ मा नेपालले हिमालमा हिउँ पग्लिएको विषयलाई प्रथमिकता दिने भएको छ ।

सर्वोच्च शिखर सगरमाथालगायत तीन हजार भन्दा बढी हिमाल भएको देश नेपालले यो सम्मेलनमा ‘माल्ट माउन्ट’को मुद्दा प्रमुख रुपमा उठाउने तयारी गरेको छ। कात्तिक १५ गतेदेखि शुरु हुने कोप–२६ मा जलवायु परिवर्तनले पारेको असरका कारण हिमालमा हिउँ पग्लिएर हिमरेखामाथि चढ्न थालेपछि यो मुद्दाका विषयमा समग्र देशको सरकारी तथा गैरसरकारी संस्थाको संयुक्त अवधारणापत्रमा समेत उठेको छ ।

जलवायु परिर्वतन सम्बन्धी पक्ष मुलुकहरुको २६ औं सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागी जनाउनु हुने भएको छ । सरकार प्रमखको नेतृत्वमा सहभागिता जनाउने भएपछि जलवायु जन्य क्षति र हानी नोक्सानीको मुद्धालाई विशेष प्राथमिकता दिएर उठाउने तयारी नेपालले गरेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए ।

नेपालमा आठ हजार मिटर माथिका मात्र आठ वटा हिमाल रहेका छन् भने बाँकी सानासहित ४०४ वटा हिमाल सरकारले पहिचान गरी आरोहणका लागि खुल्ला गरेको छ । जलवायु परिवर्तनको असर बढी नेपालले सामना गर्नु परेकाले यी विषयसँगै यी मुद्दा प्रमुख हुनेछ, उनले भने । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्र र सो क्षेत्रको पारिस्थितिकीय प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमा प्रभाव पारेको उनको भनाइ छ ।

सन् २०१५ मा भएको पेरिस सम्झौताको सन् २०५० सम्ममा हरित ग्यास उत्सर्जन शून्यमा र्पुयाउने रोडम्याप कार्यान्वयन गर्न विश्वका विभिन्न मुलुकसँगै नेपालले पनि आफ्नो एनडीसी प्रतिवेदन पेश गरिसकेको जलवायू परिर्वतन व्यवस्थापन महाशाखाका प्रमुख डा. राधा वाग्लेले बताएकी छन् । विश्व तापमानमा एक डिग्री सेल्सियस वृद्धि हुँदा नेपालको हिमाली क्षेत्रमा एक दशमलव आठ डिग्रीसम्म तापक्रम बढेको पछिल्लो अध्ययनले देखाएको डा. वाग्लेले जानकारी दिईन।

कात्तिक १५ देखि २६ गते सम्म बेलायतको ग्लास्गोमा हुने कोप–२६ सम्मेलनमा नेपालले जलवायुजन्य हानी–नोक्सानी, राष्ट्रिय योगदान प्रतिबद्धता एनडीसी प्रतिवेदन कार्यान्वयनका लागि स्रोतको खोजी, कार्बन वित्तलगायत विषयमा सशक्त रुपमा आवाज उठाउने तयारी गरेको उनको भनाई छ । यस पटकको सम्मेलन नेपाललगायत विश्वमै सिर्जित जलवायु परिवर्तनका नयाँ र अति प्रभावशाली घटनाका कारण पनि छलफलका लागि महत्वपूर्ण हने वाग्लेले बताएकी छन् ।

यो १२ वर्ष पछिकै ठुलो सोमबार देखि बुधबार सम्म भएको बर्षा र हावाहुरी एउटा उदाहारण हुने उनको भनाई छ । पेरिस सम्झौतामा मुख्य गरी सन् २०५० सम्म हरित ग्यास उत्सर्जन शून्यमा पु¥याउने प्रतिबद्धताका साथै विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियसमा सीमित गर्ने तथा २ डिग्री सेल्सियस भन्दा बढ्न नदिने सहमति भएको थियो । सो रोडम्याप अनुसार नेपाल प्रतिबद्ध छ भनेर मन्त्रालयले रणनीतिक योजनासहित प्रतिवेदन पेश गरिसकेको उनले बताईन ।

मन्त्रालयले सम्मेलनमा उठाउने गरी जलवायुजन्य परिवर्तनबाट नेपालको संवेदनशीलता तथा जोखिमबारेमा पनि रणनीतिक प्रतिवेदन तयार गरिरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सम्मेलनमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने तयारी गरिरहेको छ । प्रधानमन्त्री देउवाले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नोभेम्बर १ देखि २ सम्म आयोजना गर्ने ग्लोबल लिडर समिटमा समेत सहभागिता जनाउने कार्यक्रम रहेको जनाएको छ ।

यो समिटमा विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सहभागिता हुनेछ । मन्त्रालयले सम्मेलनको तयारीका लागि महाशाखा प्रमुख वाग्लेको संयोजकत्वमा उपसचिव राजु सापकोटा, सिर्जना श्रेष्ठ, र मिलन ढुंगाना सदस्य तथा उपसचिव अरुणप्रकाश भट्ट सदस्य सचिव रहेको स्टेरिङ कमिटी गठन गरेको गोरखापत्र दैनिकले समाचार प्रकाशित गरेको छ ।

त्यसैगरि, उक्त सम्मेलनमा क्लिन इनर्जी नेपालबाट समेत वातावरण क्षेत्रका विज्ञहरुले सहभागिता जनाउने भएका छन् । सम्मेलनको विभिन्न सत्रहरुमा नेपालका वातावरण क्षेत्रका विज्ञहरुले भाग लिने संस्थाका कार्यक्रम निर्देशक एवं वातावरण विद् लालमणी वाग्लेले जानकारी दिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist