ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बकलौरीमा विकास-निर्माणमा चरम आर्थिक अनियमिततामा, स्थानीयवासीद्वारा वडासदस्य चौधरीलाई कारवाही गर्न माग

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ७ गते, १४:५५ बजे
बकलौरीमा विकास-निर्माणमा चरम आर्थिक अनियमिततामा, स्थानीयवासीद्वारा वडासदस्य चौधरीलाई कारवाही गर्न माग
21
SHARES
Share on FacebookShare on Twitter

-सविन पोखरेल 

रामधुनी, ७ असार । गाउँको विकाशका लागि आएको बजेटमा अनियमितता र भ्रस्टाचार भएको भन्दै सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर ६ का स्थानीयले वडा सदस्य लक्ष्मी चौधरीलाई कारवाहीको माग गरेका छन्।

नगरपालिकाको वडा नम्बर ६ मा पर्ने साविकको बकलौरी गाविस स्थित मैनीमा बनाईएको फलामे पुलमा आर्थिक अनियमितता भएको भन्दै स्थानीय युवाहरुले वडा सदस्य लक्ष्मी चौधरी विरुद्द वडा कार्यालयमा पुगेका बकलौरीवासीले सदस्य चौधरीलाई कारवाहीको माग गर्दै राजिनामा मागेका हुन्।

वडा कार्यालय मार्फत निर्माण समिति गठन गरेर निर्माण गरिएको फलामे पुलको निर्माण मा ठुलो रकम हिनामिना भएको भन्दै बकलौरीका स्थानीयवासीले अनियमितताको छानविन गर्न माग गरेका हुन्।

वडा सदस्य चौधरीले फलामे पुल निर्माणका लागि गठन भएको निर्माण समितिमा नियम विपरित आफ्ना श्रीमानलाई राखेर लाखौं रुपैयाँ हिनामिना गरेको स्थानीयको आरोप छ।

साविकको बकलौरी गाविसको वडा नम्बर ६ मा पर्ने मैनी निर्माण गरिएको उक्त पुलको निर्माण समितिमा स्थानीय व्यक्तिहरुको सहभागितामा निर्माण समिति गठन गर्नुपर्नेमा साविकको वडा नम्बर ३ आ घर भएकी चौधरीले उक्त समितिमा आफ्ना श्रीमान बिन्देश्वर चौधरीलाई निर्माण समितिको अध्यक्ष  बनाएको स्थानीयले बताएका छन्।

चौधरीले निर्वाचित भएर आएदेखि नै गाउँ आएका विकास निर्माणका कामहरुमा परिवारका सदस्य, आफन्त र निजिकका मानिसहरुलाई लाभ दिलाउने र अनियमितताको लागि वातावरण बनाएर काम गर्दै आएको एक स्थानीयले बताए।

उनले भने, ‘लक्ष्मी वडा सदस्य भएर आएदेखि नै उनको कम गराईमा पारदर्शीता महसुस गर्न पाएका थिएनौं। उनले पहिला पनि गलत काम गरेकोमा माफी मागेकी हुन्। तर, उनको व्यवाहारमा कुनै परिवर्तन आएन। आफ्नो गाउँ ठाउँ हो। भन्दा आफ्नै गाउँको बेइज्जत हुन्छ। तर, यिनलाई कारवाही नगरी यसै गरि छाडिदिने हो भने अनियमितता र भ्रस्टाचारले सीमा नाग्छ।’

त्यसैगरि, वडा मार्फत गाउँमा किसानहरुलाई वितरण गर्न ल्याईएको उन्नत जातको बोका समेत चौधरीले आफ्नै जेठाजुलाई दिएको स्थानीयको आरोप लगाएका छन्। वडाको बजेटबाट खरिद गरिएको ह्युमपाइप चौधरीले व्यक्तिगतरुपमा प्रयोग गरेको स्वीकार गरेकी छन्।

यस विषयमा वडा सदस्य चौधरीसँग कुराकानी गर्ने प्रयास सफल हुन सकेन।

वडाध्यक्ष कै मिलेमतोको आशंका

गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएयता वडाबाट भएका योजना कार्यान्वयनमा वडाध्यक्ष हेमनारायण राजधामीले नै स्थानीयवासीलाई बेवास्ता गर्ने गरेको बकलौरिका स्थानीयले गुनासो गरेका छन्।

रामधुनी नगरपालिका मार्फत आउने विकास योजनाहरु र नेपाल सरकार मार्फत आएका प्रधानमन्त्री स्वरोजगार कोष लगायतका कार्यक्रमहरुमा वडाध्यक्ष र सदस्यहरुका आफन्त र नजिकका मानिसहरुको मात्रै हालीमुहाली रहेको भन्दै स्थानीय युवाहरुले वडाध्यक्षकै संरक्षणमा सदस्यहरुले मनपरी गर्दै हिड़ेको आरोप लगाएका छन्।

आफ्नो मातहत रहेको वडामा आफ्नै सदस्यहरुबाट भइरहेका आर्थिक अनियमितता, भ्रस्टाचार, नातावाद लगायतका विकृतिलाई निरुत्साहित गर्न कुनै पहल नगर्नुले वडाध्यक्ष राजधामीले समेत यो अनियमितताबाट उन्मुक्ति नपाउने उनीहरुको तर्क छ।

नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘वडाध्यक्ष कै अगाडी सदस्य लक्ष्मी चौधरीले आफु मार्फत भएका सबै कामको बारेमा वडाध्यक्षलाई थाहा छ भनेर भन्दा उनले त्यस कुराको स्पस्ट प्रतिवाद नगरे बाट राजधामीको मिलेमतोमै सबै काम भएको हामीले बुझेका छौं। वडा भएका सबै अनियमितताको छानविन हुनुपर्छ। हामी त्यसै छाड्दैनौ। यो कुरा अख्तियार सम्म पुग्छ।’

वडामा भएको अनियमितताको विषयमा वडाध्यक्ष राजधामीलाई संवाददाताले फोन सम्पर्क गर्दा उनको फोन उठेन। यस विषयमा पुन: फलोअप गर्ने छौं।

अनियमितता छानविन हुन्छ : मेयर चौधरी 

रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले ६ नम्बर वडामा भएको अनियमितताको बारेमा आफुले मिडिया मार्फत जानकारी पाएको भन्दै बकलौरीमा भएको अनियमितताको विषयमा छानविन गर्ने बताए।

मेयर चौधरीले भने, ‘बकलौरीमा वडा मार्फत भएका कामहरुमा अनियमितता भएको सुनेको छु। अनियमितताको विषयमा नगरले छानविन गर्छ।’

सरकारी बजेटको दुरुपयोग गर्नेलाई छुट नदिने बताउँदै नगरसभा अगाडी नै बकलौरिमा भएको अनियमितताको छानविन गर्ने प्रतिवद्दता जनाएका छन्।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist