विराटनगर । आफ्नो राजनीतिक जीवन ध्वस्त पार्न चरित्र हत्याको प्रयास गरिएको भन्दै प्रदेश १ की सांसद नवोदिता चौधरीले आक्रोस पोखेकी छन् ।
एक अनलाइनमा आफ्नो नाम जोडेर एकतर्फी रुपमा आएको समाचारका विषयमा प्रतिक्रिया दिंदै नेपाली कांग्रेसबाट प्रदेशसभा १ मा प्रतिनिधित्व गरे सांसद चौधरीले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै बताएकी हुन् ।
‘यी हुन् प्रदेश-१ मा फ्लोर क्रस गर्न चाहने कांग्रेस सांसद’ शीर्षकमा एक अनलाइनमा समाचार प्रकाशित भएपछि सांसद चौधरीले आफ्नो चरित्र हत्या गर्न खोजेको बताउँदै आपत्ति जनाएकी हुन् ।
नीति सञ्चारसँगको कुराकानीमा उनले भनिन्, ‘सिधासाधा मानिसको अपराधीहरूले चरित्र हत्या गर्न खोजे,’ उनले भनिन्, ‘यो ग्राइन्ड डिजाइन नै तयार गरेर राजनीतिक चरित्र हत्या गर्न खोजिएको हो, सबैले आफ्नो स्वार्थका लागि हाम्रो नामको अफवाह फैलाए ।’
प्रदेश सांसद ज्योति सुब्बा र चौधरीको नाम मुछेर ‘फ्लोर क्रस’ गर्न खोज्ने सांसद रहेको समाचार बाहिरिएपछि चौधरीले आक्रोश पोखिन् ।
‘एकपटक कसैले सोधेको पनि छैन, सुनसरीकै दुईजना महिलाको चरित्र हत्या गर्न खोजियो,’ आक्रोशमिश्रित भावमा उनले भनिन्, ‘प्रदेश १ मा कांग्रेसममा बिक्ने खालको कोही पनि छैन, हामीले पार्टीको निर्देशनभन्दा बिपरीत ट्य्राक चेन्ज गरेका छैनौँ ।’
आफु नेपाली कांग्रेसको निष्ठावान कार्यकर्ता भएको बताउँदै उनले भनिन्, ‘म नेपाली कांग्रेसको निष्ठावान कार्यकर्ता हुँ र नेपाली कांग्रेस प्रतिको निष्ठा अविचलित छु । आफूहरु नेपाली काङग्रेस एक नम्वर प्रदेश संसदीय दलले गर्ने निर्णय भन्दा बहिर नरहेको समेत जानकारी गराउन चाहन्छु ।’
उनले आफूबारे आएको समाचार सबै झूठो भएको औल्याउँदै भनिन्, ‘भ्रामक समाचार आउँदा मेरो मन रोइरहेको छ, समाचारमा एउटा पनि सत्यता छैन । मेरो राजनीतिक करिअर ध्वस्त पार्नका लागि गरिएको षडयन्त्र बाहेक अरु केहि होइन ।’
आफू लोकतान्त्रिक विचारधारको रहेका कारण पार्टीको निर्देशन भन्दा बाहिर जान नसक्ने बताउँदै उनले सुनसरीबाटै प्रदेश सांसद
आइतबार (आज) प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनिएपनि कांग्रेसले रोक्न माग गरेको थियो । आज नै कांग्रेसका केही सांसदहरूले ‘फ्लोर क्रस’ गर्ने चर्चा भएको थियो ।