धनकुटा । धनकुटाका वरिष्ठ समाज सेवी तथा नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. २ का पूर्व सभापती अमृत गिरीको आज विहान निधन भएको छ । उहाको आजै विहान महालक्ष्मी नगरपालिकाको लेगुवा वश्रान्ती मन्दिर स्थित अरुण नदीको किनारमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर सम्मान पूर्वक अन्त्यष्टि गरिएको छ ।
धनकुटाका कांग्रेसका पूर्व क्षेत्रिय सभापती स्वर्गीय अमृत गिरीको पार्थिव शरिरमा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, धनकुटा जिल्ला सभापती अग्नी प्रसादा पौडेल, महासमिति सदस्य आनन्द सन्तोषी राई, संविधान सभा सदस्य अञ्जना ताम्ली, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, महालक्ष्मी नगर कार्य समितिका सभापती ध्रुव राय, पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी, लगायतका नेताहरुले पार्टीको चारतारे झण्डा ओढाएर सम्मान पूर्वक अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदरुयहरु निर्मल ओझा, लेखनाथ पौडेल, रोशेष श्रेष्ठ, विष्णु प्रसाद पौडेल, राजेन्द्र पौडेल, इन्द्र कुवर, पूर्व जिल्ला सहसचिव राजन पौडेल, पूर्व क्षेत्रिय सभापती चुडामणी धमला, पाख्रिवास नगर कार्यसमितिका सभापती प्रेम भण्डारी, महालक्ष्मी नगर कार्य समितिका सभापती ध्रुव राज राय, नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, पाख्रिवास नगर कार्य समितिका सहसचिव इन्दिरा कार्की, कोषाध्यक्ष डम्वर कुमारी अधिकारी, महालक्ष्मी नगरपालिका वडा नंं २ का सभापती भेष वहादुर पौडेल, वडा नं. ३ का सभापती चिरञ्जिवि कोङरेन, वडा नं. ४ का तेज कुमार श्रेष्ठ,वडा नं. ५ का सभापती राजिव बुढाथोकी, वडा नं. ७ का सभापती नेत्र अधिकारी, वडा नं. ८ का सभापती ओम वहादुर वराल, नेपाल तरुण दल धनकुटका कार्यवहाक अध्यक्ष यूवराज पराजुली, क्षेत्रिय अध्यक्ष तिलक महत, नेपाल दलित संघका धनकुटा अध्यक्ष शिव विक, नेपाल विद्यार्थी संघ धनकुटका उपाध्यक्ष टेक वहादुर कुवार, नेता विजय अधिकारी, कुलमान किसानी, नेपाल शिक्षक संघका नेता गजेन्द्र वाबु ढकाल, नेपाल आदिवासी जनजाती संघका धनकुटा उपाध्यक्ष मिना राई, यूवा नेताहरु हिमा कार्की, झगेन्द्र खतिवडा, भोगेन्द्र कार्की,रमेश पौेडेल लगायतका कांग्रेस नेताहरुले समेत स्वर्गीय नेता अमृत गिरिको पार्थिव शरिरमा फुलमाला लगाई दिई श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
१९९७ सालमा जन्मनु भएका नेपाली कांग्रेसका धनकुटा क्षेत्र नं. २ का पूर्व क्षेत्रिय सभापती अमृत गिरीको श्रीमती सरस्वती गिरी, कान्छा छोरा प्रविण गिरी महालक्ष्मी नगरपालिका वडा नं. ६ का नेपाली कांग्रेसका वडा सभापती प्रविण गिरी, छोठा छोरा श्याम प्रसाद गिरी, माईला छोरा शुसिल गिरी र पाच जना छोरीहरु हुनुहुन्छ ।
८१ बर्षका उमेरमा निधन हुनु भएको मालक्ष्मी नगरपालिका वडा नं. ६ निवासी अमृत गिरी नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. २ को पूर्व सभापती, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि र जेष्ठ कांग्रेस सभा सदस्य समेत रहनु भएको थियो । भने उहाँ तत्कालिन लेगुवा गाउँ पञ्यातको प्रधान मञ्चमा समेत निर्वाचित भई जनताको सेवा गर्नु भएको र विकास तथा शिक्षा प्रेवी र वरिष्ठ समाज सेवीको रुपमा निरन्तर जनतको सेवा गरीरहनु भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
उहाँको निधनले नेपाली कांग्रेस धनकुटाले एक अभिभावक र कुसल संगठनकर्ता र समाजले वरिष्ठ समाजसेवी गुमाएकोलेले धनकुटालाईनै अपुरणीय क्षती भएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।







