कठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा २४ घण्टामा ६७२ जनामा कोभिड पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७२ जनामा कोरोना पुष्टि भएको छ भने, ८ जनाले कोरोनाका कारण आफ्नो ज्यान गुमाएका छन् । बुधबार देशभरमा ४९५ जनाले संक्रमण जितेका छन् ।
नेपालमा आलसम्म कुल ९ लाख ५ हजार १८५ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये सात लाख ८९ हजार १२५ जनाले कोरोना जितेका छन् भने ११ हजार ३८० जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रेकर्ड अनुसार सबैभन्दा धेरै आज काठमाडौंमा १३७ जनामा कोरोना पुष्टि भएको छ ।







