कठमाण्डौं । न्यायालय विवादको जड केपी ओली भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् ।
धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न नदिएको र सबैे कुरा केपी ओलीले बिगारेको हो, भनेर आरेप लगाए ।
नेपालले भने,‘स्वतन्त्र न्यायपालिकालाई अनावश्यक आरोप लगाउने केपीले गर्दै आएका छन् ।, त्यो उहाँको अत्यत्नै अनुचित, हस्तक्षेपकारी र देशको सबै प्रणलीलाई भत्काउने प्रवृत्तिको उपज हो ।’
केपीको अभिव्यक्ति मा आपत्ति जनाएका नेपनलले ओलीको स्वभाव असहिष्णु, अलोकतान्त्रिक र जवजविरोधी भएको आरोप लगाए ।






