ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

नमुना कलेजमा इन्टर्याक्टिभ (स्मार्ट) बोर्ड ः आकर्षित हुदै बिद्यार्थी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ कार्तिक ११ गते, १५:१५ बजे
नमुना कलेजमा इन्टर्याक्टिभ (स्मार्ट) बोर्ड ः आकर्षित हुदै बिद्यार्थी
63
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । आधुनिक प्रविधिको इन्टर्याक्टिभ बोर्ड बाट पढाइ हुन थालेपछि इटहरी नमुना कलेजमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ ।

शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीलाई आकर्षण गर्न नमुना कलेजमा सिपारो टेक्नोलोजी प्रालीले नेपालमा भित्र्याएको इन्टर्याक्टिभ बोर्ड मार्फत पढाउन थालिएको हो । डिजिटल प्रविधिबाट पढाइ सुरु भएपछि अहिले कलेजमा विद्यार्थी थेग्नै मुस्किल हुने गरेको छ ।

धर्म न्यौपाने का अनुसार प्रदेश १ कै नमुना कलेजको रुपमा कलेजका केही कक्षाहरुमा इन्टर्याक्टिभ बोड जडान गरीएको र विस्तारै सबै कक्षाहरुमा जडान गर्ने तयारी भइरहेको छ । स्मार्ट बोर्डको प्रयोगबाट पढाइ भएपछि नतिजामा सुधार आएको र विद्यार्थीलाई बुझ्न सहज भएको न्यौपानेकोे दाबी छ ।
स्मार्ट बोर्ड डिजिटल प्रविधि हो । यो प्रविधिमा विद्यार्थीलाई बुझ्न र शिक्षकलाई पढाउन सजिलो हुने गर्छ । कक्षा कोठाका लागि आवश्यक पर्ने शैक्षिक सामग्री स्मार्ट बोर्डमा नै हुने भएकाले यो प्रभावकारी बन्दै गएको छ ।

पहिलाभन्दा अहिले विद्यार्थीलाई बुझाउन सहज छ, इन्टर्याक्टिभ बोर्डको प्रयोग गरेर विद्यार्थीले इन्टरनेटमा विषयवस्तु खोजेर समेत पढाउन सहज भएको शिक्षकहरुको भनाइ छ । कलेजका अध्यनरत एक विद्यार्थी भन्छन स्मार्ट बोर्ड ले हामीलाई पढ्न सजिलो भएको छ, सरले पढाएको पनि राम्रोसँग बुझेका छौं ।’

कलेजका अर्का एक शिक्षक भन्छन्, ‘स्मार्ट बोर्डले विद्यार्थीको पढाइमा रुचि बढाएको छ, यसले उनीहरू कक्षामा पनि सक्रिय हुने गरेका छन् । विगतमा शिक्षकले लेख्दै मेट्दै गर्दा विद्यार्थीले टिप्न नभ्याउने र मेटिइसकेपछि फेरि बुझाउनुपर्ने हुन्थ्यो भने स्मार्ट बोर्ड पहिला लेखिएमा सामग्री पछि दोहो¥याएर विद्यार्थीलाई देखाउन सकिन्छ ।

 

स्मार्ट बोर्ड के हो ?
अहिलेको नयाँ प्रविधिसँग मिसाएर आउँदो पुस्तालाई शिक्षा दिने प्रविधि नै इन्टर्याक्टिभ (स्मार्ट) बोर्ड हो । प्रविधिको प्रयोगबाट जीवन उपयोगी र स्मार्ट शिक्षा दिइने ठाउँ विद्यालय हो । अन्य देशहरुका बिद्यालयहरु इन्टर्याक्टिभ बोड र प्रबिधिको प्रयोग गरी गुणस्तरीय शिक्ष प्रदान गर्ने गरेका छन् । नेपालमा यसको प्रयोग न्यून हुने गरेको छ । यसै कुरालाइ मध्यनजर गर्दै सिपारो टेक्नोलोजी प्रा लि.ले इन्टर्याक्टिभ (स्मार्ट) बोर्ड बजारमा ल्याएको छ । स्मार्ट बोर्डको प्रयोगले अन्तर्राष्ट्रिय स्तर हुने गरेको शिक्षाको जानकारी शिक्षकले लिइ सहज तरिकाले विद्यार्थीलाई बुझाउन सकिने छ । कक्षा कोठाका लागि आवश्यक पर्ने शैक्षिक सामग्री इन्टर्याक्टिभ (स्मार्ट) बोर्डमा नै हुने भएकाले शिक्षक नहुँदा पनि विद्यार्थीले आफैं पढ्न सक्छन् ।

के के छन् स्मार्ट बोर्डको विशेषताहरू ?
आजको युग प्रविधिको युग हो । प्रविधि हाम्रो जीवनको एक अभिन्न अङ्ग भैसकेको छ । शैक्षिक क्षेत्रमा झन् यो इन्टर्याक्टिभ (स्मार्ट) बोर्ड अपरिहार्य छ । यसै कुरालाई मध्यनजर गर्दै सिपारो टेक्नोलोजी प्रा. ली. इटहरीले गुणस्तरीय इन्टर्याक्टिभ (स्मार्ट) बोर्ड बजारमा ल्याएको छ । विश्वमा चर्चा पाएको हरियोन ब्रान्डको बोर्डको प्रयोगले बैठक, शिक्षा, प्रशिक्षण जस्ता धेरै काममा बहुउपयोगी मानिएको छ । कम्प्युटर, प्रोजेक्टर, टिभी, हुवाइट बोर्ड, मार्कर, र साउण्ड सिस्टमको बिकल्पमा यसको प्रयोग गर्न सकिने छ । अक्षर, अङ्क र चित्रहरू पढ्न, लेख्न, मेटाउन र सिधै इमेल गर्न सकिने सम्पूर्ण सुविधा यो इन्टर्याक्टिभ (स्मार्ट) बोर्डमा रहेको छ । बिशेषत बिद्यालयमा भएका शैक्षिक क्रियाकलापहरु अभिभावकहरू इमेल गर्न, अनुपस्थित भएको विद्यार्थीलाई भचुवल कक्षाको माध्यमबाट समेट्न, लेखिएको, भनिएको तथा देखाइएको सामग्रीहरूलाई क्यू आर कोडको प्रयोग गरी सजिलै सुरक्षित राख्न शेयर गर्न र आफ्नो मोबाइल, ल्यापटपको सामाग्रीहरू सहजै प्रदर्शनी गर्न सकिने जस्ता सुविधा यस इन्टर्याक्टिभ (स्मार्ट) बोर्डमा रहेका छन् ।

यो कहाँ पाइन्छ ?
विश्व शैक्षिक बजारमा यो प्रविधि असाध्यै लोकप्रिय भएकोले र नेपालका शिक्षालय समेत प्रविधि मैत्री रहन भन्ने उद्देश्यका साथ सिपारो टेक्नोलोजी प्रा लिमिटेडले यस स्मार्ट बोर्डलाई बजारमा ल्याइको हो । यसको प्रयोगले शैक्षिक संस्थाहरू र विद्यार्थीहरूले भरपुर लाभ लिन सकिने छ । पूर्वाञ्चलकै शैक्षिक हवको रुपमा बिकसित हुदै गरेको इटहरी ६ मा कार्यलय संचालन गरी बिक्री बितरण गर्ने कम्पनीले गर्ने गरेको छ । दक्ष अनुभवी प्राविधिक तथा इन्जिनियरबाट बेला बेलामा प्राविधिक ट्रेनिङ्गहरु दिदै आफ्नो सेवा बिस्तार गरिरहेको जानकारी यस कार्यालयका सेल्स म्यानेजर फडिन्द्र भण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist