काठमाण्डौं । साहस उर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । साहस उर्जाको ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावरको ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले १३५ रुपैयाँ ११ पैसा देखि ४०५ रुपैयाँ ३३ पैसा साहस उर्जा कम्पनीको लागि ओपनिङ्क रेन्ज प्रदान गरेको छ भने, तेह्रथुम पावर कम्पनीको लागि प्रतिकित्ता न्यूनतम ८४ रुपैयाँ ७४ पैसा देखि २५४ रुपैयाँ २२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । यि दुबै ओपनिङ्ग रेन्जको आधारमा रहेर आइतबार देखि कम्पनीको शेयर कारोबार हुनेछ ।
नेप्सले तेह्रथुम पावर कम्पनीको शेयरलाई टिपीसी कारोबार संकेत प्रदान गरेको छ । यस्तै साहस उर्जा कम्पनी कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एसएएचएएस कारोबार संकेत दिएको छ ।