कठमाण्डौं । आज देशभर ५९१ जनामा कोभिड १९ पुष्टि भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज (बिहीबार) थप ५९१ जनामा कोभिड १९ पुष्टि भएको हो ।
गत २४ घण्टामा देशभरमा भएको आठ हजार ८४८ पीसीआर परीक्षणमध्ये ५२७ जना र दुई हजार ५०७ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएको छ ।
सोहि अवधिमा ६६४ जनाले संक्रमण जितेका छन् । भने, २ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हाल देशभरमा १० हजार २३६ जना सक्रिय संक्रमित छन् ।
आज थपिएका संक्रमितमध्ये सबै भन्दा बढी काठमाडौंका १५७ जना रहेका छन् भने, ललितपुरका ३० जना र भक्तपुरका १२ जना रहेका छन् ।