ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पवन भन्छन् – बितृष्णा जागेका बेला राजनीतिलाई सम्मानका रूपमा स्थापित गर्नेछु

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ कार्तिक २७ गते, १८:०४ बजे
पवन भन्छन् – बितृष्णा जागेका बेला राजनीतिलाई सम्मानका रूपमा स्थापित गर्नेछु
31
SHARES
Share on FacebookShare on Twitter

राजनीतिले नागरिक अनि राज्यलाई जोड्छ । राजनीति नागरिक जीवनलाई सहज बनाउन समाजमा लुकेको शक्तिको खोज, संकलन, प्रस्फुटन गर्ने विज्ञान हो । जहाँ नागरिकको आवश्यता हुन्छ, त्यहाँ राजनीति हुन्छ । हाम्रो जीवनस्तरलाई उकास्ने अनि व्यवस्थित गर्न पत्रकारितालाई ‘ब्याकग्राउण्ड’ बनाएर जीविकोपार्जन गर्दै आएका धेरै पत्रकार खुलेरै राजनीतिमा सक्रिय हुन थालेका छन् । सक्रिय पत्रकारितालाई त्यागेसँगै राजनीतिमा सम्भावना देखेर अवसर खोजिरहेका धेरै पत्रकारमध्येको नाम हो– पवन अधिकारी । नेपाली काँग्रेसको १४ औं महाधिवेसनको सरगर्मी तातिएका बेला अधिकारीले केन्द्रीय महाधिवेसन प्रतिनिधीमा उम्मेदवारी दिएर चुनाबी मैदानमा उत्रिएका छन् ।

अधिकारी २०४४ साल भदौ १४ गते इटहरी वडा नं. २ मा जन्मिएका हुन् । १७ वर्षको उमेरदेखि नै पत्रिका घरघरमा बाढ्दै पत्रकारितामा सम्भावना खोजेका उनले केही वर्ष पत्रिका वितरण गरे । पत्रिका वितरण गर्ने क्रममा गाउँठाउँका समाचार सम्प्रेषण गर्दै गए । विस्तारै उनलाई समाचार लेखनमा रस पस्दै गयो । र, समाचार लेखनसँगै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिए । उनले १५ वर्ष समाचार लेखनीमै सक्रिय भए । पत्रकारितामा भविष्य खोज्दै गरेकाहरूका लागि उनी मार्गनिर्देशक पनि हुन् ।

पत्रकारितामार्फत आम मानिसको आवाज बोल्ने पत्रकारहरूले राजनीतिमा पनि अवसर पाएमा सकारात्मक काम गर्न सकिने उनको आत्मविश्वास छ । शिक्षाशास्त्र संकायमा स्नातकोत्तर गरेका उनी हाल नेपाल प्रेस युनियन सुनसरीको अध्यक्ष रहेर पत्रकारको हितमा उत्प्रेरित काम समेत गर्दै आएका छन् । अधिकारी वेरोजगार युवा पुस्ताका लागि रोजगारको अवसर सिर्जना गर्ने जव लिङ्क संस्था सञ्चालक र विज्ञापन व्यवसायीको रुपमा नाम चलेका व्यक्ति हुन् । अधिकारी नेपाल विज्ञापन संघ प्रदेश नं. १ का अध्यक्ष समेत छन् । आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी दिएर चुनाबी मैदानमा रहेको प्रसंगमा केन्द्रित रहेर उनै अधिकारीसँग गरिएको कुराकानीको सारसंक्षेप :

पत्रकारिता गरिरहनुभएका तपाईँ सक्रिय राजनीतिमा किन ?

हाम्रो जीवनलाई सहज र व्यवस्थित ढंगले अघि बढाउनुका साथै समाजलाई सही मार्ग गर्न राजनीतिको आवश्यकता हुन्छ । पत्रकारितामा हामीले सम्भावना देखेर सफल रूपमा काम गर्न सक्छौं भने राजनीतिमा किन नसक्ने भन्ने उद्देश्यले सक्रिय राजनीतिमा होमिएको हुँ । राजनीतिमा सम्भावना देख्नेहरूले अवसर पाउनुपर्छ भन्ने उद्देश्यका साथ यो अभियानमा लागेको हुँ । र, म राजनीतिमा लाग्दा पुरानो पुस्तालाई अझै जिम्मेवारीपूर्वक सम्मान गरेर उचित स्थान दिनेछु । राजनीतिका लागि मेरो आवश्यकता छ भन्ने अग्रजहरूको मार्गनिर्देशन र म आफैंले पनि महसुस गरेका कारण सक्रिय राजनीतिमा आएको हुँ । राजनीति प्रति आम सर्वसाधारणको बितृष्णा जागिरहेको समयमा यो बितृष्णालाई सम्मानका रूपमा स्थापित गर्नका लागि पनि यस क्षेत्रमा लाग्ने अठोट गरेको छु । राजनीतिमा युवा पुस्तालाई सम्भावना देखाएर आकर्षित गर्नका लागि पनि सक्रिय रुपमा राजनीतिमा लागेको हुँ ।

IMG_4242

राजनीतिमा बितृष्णाको कुरा गर्नुभयो । कस्ता बितृष्णा छन्, कसरी सम्मानका रूपमा स्थापित गर्न सकिन्छ ?

एउटै पार्टीका नेताले पनि आफ्नै पार्टीका नेतालाई सम्मान गर्न नसकिरहेको अवस्था छ । यसको मुख्य जड भनेकै पार्टीभित्रको गुट हो । गुट भन्दा माथि उठेर पार्टीमा रहेका मानिसहरूको हितमा काम गर्नका लागि मेरो उम्मेदवारी हो ।

जसरी प्रेस युनियनमा रहेर सबै पत्रकारहरूलाई एकीकृत गरेर समेटेर काम गरें, त्यसरी नै राजनीतिमा पनि चुनाव जितेको अवस्थामा सबै नेताहरूसँगको सहकार्यमा सकारात्मक काम गर्ने प्रतिवद्वता दिलाउँछु । प्रेस युनियन नेतृत्व गरि रहँदा कोरोना माहामारीका बेला मानिसहरू घरबाटै निस्कन डराएको समयमा हामीले पत्रकारहरूको घरमै पुगेर आवश्यकता अनुसारका सामग्रीहरु पु¥याएको अवस्था छ । त्यसैगरी, कोरोना बीमा गरेर ३० जना पत्रकारलाई एक लाखका दरले रकम समेत वितरण गरेका छौं । यस्तै, अहिले हामीले पत्रकारको दुर्घटना बीमा पनि गरेर दुर्घटनामा परेका पत्रकारहरूलाई राहत हुनेगरी रकम पनि वितरण गरिरहेको अवस्था छ । मैले यी कुरा स्मरण गर्दै गर्दा राजनीतिमा पनि रचनात्मक काम गर्नेछु भन्ने म आफैंलाई विश्वास भएका कारण सम्मानजनक रूपमा काम गर्ने प्रतिवद्वता जनाउँछु ।

राजनीतिमा तपाईंको आवश्यकता किन ?

मैले माथि पनि उल्लेखित गरिसकेको छु । अग्रजलाई सम्मान गर्दै उहाँहरूकै मार्गनिर्देशनमा राजनीतिमा अवसर खोजिरहेको छु । अहिले जसरी राजनीतिमा युवाहरूको चाम बढ्दो छ, त्यसरी नै म पनि यस क्षेत्रमा सम्भावना देखेका कारण मैले मेरो आवश्यकता महसुस गरेको हुँ । राजनीतिमा मेरो अभ्यास र साधनाले सकारात्मक काम गर्न सकिन्छ भन्ने महसुस गर्दै आवश्यकता देखेर अगाडि बढ्ने प्रयत्न गरिरहेको छु । आफूले काम गर्न सक्ने क्षेत्रमा अवसर खोज्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढ्दै गर्दा आवश्यकता महसुस गरेको हुँ ।

तपाईंले चुनाव जित्ने आधार के के हुन् ?

राजनीतिलाई समाजसेवाको रूपमा बुझेको छु । कतिपय मानिसहरू राजनीतिलाई व्यवसाय समेत बनाइरहेका छन् । १५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदा समाजमा नागरिकहरुको आवाजलाई सञ्चार माध्यममा प्रकाशन÷प्रसारण गर्दा खेलको भूमिका, नेपाली काँग्रेस निकट प्रेस यूनियन जिल्ला नेतृत्वमा रहेर पार्टीका लागि गरेको सहयोग साथै युवा पुस्तालाई रोजगारको अवसर सिर्जना गरेका कारण पनि मेरो धेरै मानिसहरूसँग निकटता छ। मैले गरेको विगतका कामको सफलता नै चुनाव जित्ने महत्वपूर्ण आधार छ । राजनीतिमा जित हार सामान्य कुरा हुन् । यही सामान्य भित्रको असामान्य कुरा चैं चुनावी मैदानमा होमिनु हो । अहिले म चुनावी मैदानमा छु, आशा छ क्षेत्र नं. २ का प्रतिनिधिहरूले सकारात्मक काम गर्नका लागि पहिलोपटक मनसँगै मत दिएर अवसर प्रदान गर्नुहुनेछ ।

अन्त्यमा केही ?

महाधिवेशन प्रतिनिधिमा खुल्लाबाट चारजना महिलासहित १० जना प्रतिनिधि छानिदैं हुनुहुन्छ । यसका लागि थुप्रै अग्रज तथा युवा साथीहरु चुनावी मैदानमा हुनुहुन्छ । पुरानो पुस्ता र अब्बल रूपमा राजनीति गरिरहनुभएका सवैलाई सधैं सम्मान छ । योसँगै राजनीतिमा सम्भावना देखेर अवसर खोज्नेहरूका लागि क्षेत्रीय प्रतिनिधिहरूले विश्वास गरेर मत दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु । म तपाईंहरूको नजरमा पर्छु भन्ने पूर्ण विश्वास छ। काम गर्नका लागि राजनीतिमा आएकोले मलाई मत दिएर मौका दिनुहोस् । मेरो राजनीतिक भविष्य तपाईंकै हातमा छ । तपाईंले सही निर्णय गर्नु नै हुनेछ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist