काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आन्दोलनरत कानुन व्यवसायीहरुलाई वार्ताका लागि गरेको आह्वान अस्वीकार गरेका छन् ।
कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएर अदालत प्रवेशमै अवरोध गर्न खोजेपछि प्रधानन्यायाधीश जबराले कानून व्यवसायीहरुलाई सम्वादमा आउन आग्रह गरेका छन् ।
तर नेपाल बार र सर्वोच्च बार दुबैले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने बताएको छ ।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जबराले राजीनामा दिएपछि आउने नयाँ नेतृत्वसँग मात्र वार्ता गर्ने बताएका छन् ।
विगत ३ हप्ताबाट बार र बेञ्चकाे विवादका कारण सर्वाेच्का सम्पूर्ण पेशीहरु प्रभावित भएका छन् ।