ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कांग्रेस अधिवेशन : मत परिणाम आउने क्रम जारी – २६ जिल्लामा अधिवेशन सकियो

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ मंसिर ८ गते, १९:०५ बजे
कठोर बन्दै देउवा : कांग्रेसमा बागीलाई अब ‘नो इन्ट्री’
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत क्षेत्रीय अधिवेशन, महाधिवेशन प्रतिनिधि छनोट र जिल्ला अधिवेशनको मत परिणाम आउनेक्रम जारी छ ।

मंसिर ६ गतेदेखि सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, महाधिवेशन प्रतिनिधि छनोट र एकमात्र निर्वाचन क्षेत्र भएका हिमाली जिल्लाको अधिवेशन सुरु भएको थियो । यस्तै, एकमात्र निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन भइरहेको छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ मध्ये २६ जिल्लाको अधिवेशन सकिएको छ । बुधबार साँझसम्म विभिन्न २६ जिल्ला अधिवेशनको मतपरिणाम आएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार एकमात्र निर्वाचन क्षेत्र भएका १३ जिल्लामा दशैंअघि नै अधिवेशन सम्पन्न भइरहेको छ ।

दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा मंसिर १० गते अधिवेशन हुने महाधिवेशन कार्यतालिका छ । बुधबार साँझसम्म सार्वजनिक भएको जिल्ला अधिवेशनको मतपरिणाम अनुसार संस्थापन समूहले १४ र संस्थापन इतर समूहले १२ जिल्लाको नेतृत्व हात पार्न सफल भएका छन् ।

संस्थापन समूहले ताप्लेजुङ, हुम्ला, बझाङ, रामेछाप, मुगु, म्याग्दी, सल्यान, मनाङ, डोल्पा र डडेल्धुरा जिल्लाको नेतृत्व लिन सफल भएको छ । यस्तै, जुम्ला, जाजरकोट, पाँचथर र लमजुङको सभापतिमा पनि संस्थापन पक्षकै नेतृत्व चयन भएको छ ।

संस्थापनइतर समूहले संखुवासभा, मुस्ताङ, दोलखा, गोरखा, रुकुमपूर्व, बाजुरा र अर्घाखाँची जिल्लाको नेतृत्व हात पार्न सफल भएको छ ।

यस्तै, प्युठान, बैतडी, भोजपुर र तेह्रथुममा पनि संस्थापनइतर समूहले नेतृत्व लिन सफल भएका छन् । हालसम्म महाधिवेशन प्रतिनिधि र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मतपरिणाम पनि मिश्रित देखिएको छ ।

यसैबीच, १४ औं महाधिवेशनका भएको प्रतिनिधि छनौटमा चर्चित नेताहरु नै पराजित भएका छन् । जसमा पूर्वमन्त्री, सांसद, पूर्वसांसद, केन्द्रीय सदस्य, बहालवाला जिल्ला सभापति, उपसभापति, पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव र भातृसंगठन नेविसंघका वर्तमान तथा पूर्वपदाधिकारी छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist