काठमाडौँ । बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नेपालले भूटान विरुद्ध खेल्दैछ ।
खेल नेपाली समय अनुसार साँझ ७ बजे सुरु हुनेछ । नेपालले खेलेको २ खेलमा ४ अंक बनाएको छ । नेपालले अब शीर्ष दुईमा स्थान बनाउनको लागि यो खेलमा जीतको विकल्प छैन ।
अहिले भारत ६ अंक सहित पहिलो र ४ अंक भएको बंगलादेश दोस्रो स्थानमा छ ।
बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले श्रीलंकालाई ६–० गोलले हराएको थियो ।
भूटानको दुई खेलबाट ३ अंक छ । भुटानले श्रीलंकालाई ५–० गोलले थियो भने, दोस्रो खेलमा बंगलादेशसँग ६–० गोलले पराजित भएको थियो ।
पाँच टोली सहभागी रहेको यस प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।