इटहरी । नेपाली कांग्रेसको प्रदेश १ को सभापति पदमा कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रत्याशी बन्ने भएका छन् ।
कांग्रेसको संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको हो ।
देउवा सिटौला गठबन्धनबाट झापा कांग्रेसका पूर्व सभापति सिटौला निकट उद्धव थापा प्रदेश सभापतिको प्रत्याशी बनेका छन् ।
त्यसैगरी, सोहि पदका लागि संस्थापन पक्षबाट उद्दव थापा उम्मेदवार बन्ने तय भएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटाैलाका साझा उम्मेदवारका रूपमा थापालाई अगाडि सारिएको छ ।
थापा नेपाली कांग्रेस झापाका निवर्तमान सभापति हुन् ।







