काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले उर्दी जारी गरेको आरोप लगाएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन झापाको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले कर्मचारीलाई त्यस्तो उर्दी जारी गरेको दावी गरेका हुन् ।
उनले कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको बताए । अहिलेको सरकारले कर्मचारीतन्त्रलाई आफू अनुकूल काम गराउन बाध्य पारेको उनको आरोप छ ।







