काठमाडौं । मौरिससबिरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले शनिबार जित हासिल गरेको छ।
बिमल घर्तीमगरको गोलमा दोस्रो हाफको नवौँ मिनेटमा अग्रता लिएको नेपाली टिमबिरुद्ध मौरिससले कुनै गोल गर्न सकेन।
पहिलो हाफ गोलरहित बराबरीमा खेलेको नेपालका लागि बिमलले नवौँ मिनेटमा गरेको प्रहार मौरिससका गोलकिपर केभिनलाई छक्याउँदै गोलमा परिणत भएको हो।
पहिलो हाफमा सुमन लामा र अञ्जान बिष्टका प्रहार गोलमा परिणत हुन नसकेपछि नेपाली टिमका लागि मौका गुमेको थियो। उता मौरिससले पनि नेपालबिरुद्ध खेल बराबरी गर्ने कयौँ प्रयास गरे पनि सफल हुन सकेन।
सेप्टेम्बरमा भारतसँग घरेलु मैदानमा पराजय व्यहोरेको नेपालले मैत्रीपूर्ण खेलमा ११ वर्षपछि जित हात पारेको हो।
कोभिड १९ महामारीका कारण एक तिहाइ दर्शकहरुलाई मात्र दशरथ रंगशालामा प्रवेश दिइएको थियो भने सबैलाई अनिवार्य मास्क लगाउन भनिएको थियो।
मौरिससबिरुद्ध घरेलु मैदानमा नेपाली टिमले मंगलबार अर्को खेल खेल्दैछ।