ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्राध्यापक भए/नभएको पत्ता लगाउन उपकुलपति डा. गिरीविरुद्ध अख्तियारमा उजुरी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ११ गते, २२:२५ बजे
प्राध्यापक भए/नभएको पत्ता लगाउन उपकुलपति डा. गिरीविरुद्ध अख्तियारमा उजुरी
24
SHARES
Share on FacebookShare on Twitter

-प्रदीप मेन्याङ्बो

धरान, ११ असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

उपकुलपति गिरी वास्तविक प्राध्यापक भए/नभएको पत्ता लगाउन र नपाएको पद आफूखुसी प्रयोग गरेकोमा दोषी ठहरिए कानुनी कारबाही गर्न माग गर्दै शुक्रबार उजुरी परेको हो।

भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बस्ने पर्यटनकर्मी शशीविक्रम कार्की र संखुवासभाको याखु गाउँपालिका ६ बस्ने आशीष राईले काठमाडौंको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालयमा शुक्रबार दर्ता गरेका छन्।

डा. गिरीले भने आफू अमेरिकाको विभिन्न राज्यको नामचिन मेडिकल कलेजको भिजिटिङ प्रोफेसर रहेको बताउँदै आएका छन्।

उपकुलपति गिरीले प्रयोग गर्दै आएको प्राध्यापक पदबारे पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा र प्रतिष्ठानभित्र चर्चा हुँदै आएको छ । नेपाल मेडिकल काउन्सिलबाट २४८७ दर्ता नम्बर पाएका डा गिरी कोसी अस्पतालबाट मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा अवकाश पाएपछि विराट मेडिकलमै कार्यरत थिए । त्यहाँ रहँदै उनी तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्रतिष्ठानको उपकुपतिमा नियुक्तिका लागि सिफारिस गरेपछि १५ महिनाअघि प्रतिष्ठानमा आउनसाथ उनले आफ्नो नामको अगाडि प्राध्यापक लेख्न थालेका थिए ।

तर प्राध्यापक पद प्राप्त गर्नका लागि कुनै पनि मान्यताप्राप्त विश्वविद्यालयमा कम्तीमा १० देखि १५ वर्ष प्राध्यापन गर्नु पर्छ । प्राध्यापनसँगै वैज्ञानिक शोध पत्रहरु लेखेर अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित गरेको हुनुपर्छ । कार्डियोलोजी विषयका चिकित्सक गिरीले विश्वविद्यालयमा प्राध्यापन गरेको बारे प्रतिष्ठान र विराटनगरकै समकालीन चिकित्सकहरुलाई समेत जानकारी नभएपछि प्रश्न उठ्न थालेको थियो ।

उजुरी दर्तासम्बन्धी अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले संक्षिप्तमा भने, ‘उजुरी परेको आधारमा अख्तियारले तहकिकात गर्ने छ । दोषी ठहरिए कारबाहीको दायरामा आउने छन् ।’उजुरीकर्ताहरुले डा. गिरीले कुनै विश्वविद्यालयबाट वैधरुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको र सोही हैसियतले वीपी प्रतिष्ठानको उपकुलपति भएको दाबी गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

उजुरीमा भनिएको छ, ‘उनको योग्यतासम्बन्धी सवै कागजातको अध्ययन गरी दोषी पाइएको भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुसार नपाएको ओहदा पाए भनेर झुट्टा विवरण दिएको कसुरमा १ वर्षदेखि २ वर्ष कैद, ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँ जरिवाना लगाउन प्रक्रिया अगाडि बढाउन माग सहित यो उजुरी गरेका छौं ।’

चिकित्सा शिक्षा आयोगसँग प्रतिष्ठानका उपकुलपतिका भागमा तीन वटा विद्यार्थीको सिट दिने प्रावधान छ। तर, प्रतिष्ठानले प्राध्यापक नै नभएकाले त्यो तीनवटा सिट नदिएपछि थप शंका उब्जिएको हो। आयोगले उपकुलपति गिरीसँग प्राध्यापक भएको कुनै आधिकारिक डकुमेन्ट उपलब्ध गराउन माग गर्दा दिन नसकेकाले उनको भागमा पर्ने तीन सिट दिएन।

आयोगले तीन सिट नदिएपछि मेडिसिन विभागमा सात जना विद्यार्थी मात्र छन् । प्रतिष्ठान स्रोतकाअनुसार गिरीले अहिलेसम्म एमबीवीएसका विद्यार्थीलाई क्लास लिएको कतै रेकर्ड छैन ।

चिकित्सक, नर्स, कर्मचारी र नागरिक दबाब सञ्‍जालको आन्दोलन जारी

बढ्दो वेथितिविरुद्ध प्रतिष्ठानभित्रै १६ दिनदेखि चिकित्सक, नर्स, कर्मचारी र बाहिर धरान नागरिक दबाब सञ्‍जालले बेग्लाबेग्लै आन्दोलन जारी राखेका छन् । र, उपकुलपति गिरी पनि त्यति नै दिन प्रतिष्ठानमा अनुपस्थित रहेका छन् । कतिपय चिकित्सकले सामाजिक सञ्‍जालमा प्रतिष्ठानलाई लथालिङ्ग छाडेर उपकुलपति गिरी बेपत्ता भएको भन्दै ‘ट्रोल’ बनाएका छन् ।

एकसाताको अल्टिमेटम दिएपछि असार १० गते सञ्जालसँग प्रतिष्ठानको समस्यालाई ठोस रुपमा समाधान गर्ने भनेर प्रतिबद्धता व्यक्त गरे पनि अनुपस्थित भएपछि नागरिक दबाब सञ्जाललाई नपत्याएको भन्दै थप आक्रोशित भएको छ ।

चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिङको संयुक्त संघर्ष समितिले उपकुलपतिको अनुपस्थिति भए पनि प्रतिष्ठानमा रहेका तीन पदाधिकारीलाई ज्ञापन पत्र बुझाउँदै ओपिडी बहिष्कार, तालाबन्दी गर्ने र २ सय ५० जना फ्याकल्टी चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

सञ्‍जाल र संयुक्त संघर्ष समितिको मागहरु लामो समयदेखि लथालिङ, भताभुङ, भएको प्रतिष्ठानको गिर्दो साख जोगाउँदै मेडिकल उपकरण खरिदमा हुने आर्थिक अनियमितता, भ्रष्टाचार, स्वास्थ्य शैक्षिक संस्थामा भएका राजनीतिकरण, आर्थिक लेनदेनको आधारमा हुने पदाधिकारी नियुक्ति मेडिकल उपकरण टेण्डर र खरिदमा कमिसन, वेथितिको अन्त्य हुनुपर्नेमा केन्द्रित छ ।

सञ्‍जालका संयोजक सहप्राध्यापक डा राजेन्द्र शर्माले भने, ‘वीपी प्रतिष्ठानले कमाएको ख्याती र साखको सुरक्षाका लागि चरणबद्ध आन्दोलन गरेका हौं । खासगरी स्थापनाका समयमा अपेक्षा गरिएका अस्पतालका सेवाको गुणस्तर खस्कँदै गएको छ । स्वास्थ्य शैक्षिक गतिविधिहरु विवादित बन्दैछन् । ह्रासोन्मुख देखिएको छ । वैज्ञानिक अनुसन्धानका कामहरु पनि आशातीत नरहेको गुनासाहरु सर्वत्र आइरहँदा समेत जिम्मेवार निकाय/पदाधिकारीहरु प्रतिष्ठानको क्रियाकलाप चुस्त पार्न उदासीन रहेकाले दबाब दिनु बाध्य भएका हौं ।’ उनले भाडाका घरमा चलेका र बैंक ऋणबाट सञ्चालन भएका निजी अस्पतालहरु नाफामा चल्नु तर बीपी प्रतिष्ठान सँधै घाटामा जानुमा चरम भ्रष्टाचार नै मुख्य कारण रहेको बताए ।

कागजमा चिटिक्क मिलाउने तर काम लथालिङ्ग बनाएर आफ्नो स्वार्थपूर्ति गर्ने संस्कार प्रतिष्ठानका जिम्मेवार पदाधिकारीहरुबाटै विकास भएकाले समस्याको जड पहिचान गरी सूची उपकुलपतिलाई बुझाएको पनि संयोजक शर्माले बताए । प्रतिष्ठान अद्योगतिमा जानुका कारणहरुमा केही नीतिगत छन् भने केही कार्यगत रहकाल त्यसलाई सच्याउन पनि दबाब दिइरहेको उनले बताए ।

यसैबीच चिकित्सक, कर्मचारी, नर्सिङले संयुक्त संघर्ष समिति गठन गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुदृढीकरण अभियान चलाउँदै पारदर्शी, जवाफदेही, रउत्तरदायी रहनेगरी प्रतिष्ठानको हरेक दिनको आय-व्ययलगायत कारोबारको विस्तृत विवरण दैनिक र साप्ताहिक रुपमा आफ्नो वेबसाइटमा सार्वजनिक गर्न माग गरेको छ । प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा पदम नेपालीकाअनुसार बिहीबार प्रतिष्ठानका चारै पदाधिकारी र कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीलाई धरानस्थित इलाका प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाइएको छ। कान्तिपुर दैनिक

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist